सुशासन स्थापित गर्न सामान्य प्रशासनमन्त्री पण्डितको कडा एक्सन! पण्डितले रोके पाँचवटा स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूको तय भएको विदेश भ्रमण

काठमाडौं, ३० चैत

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पाँचवटा स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूको तय भएको विदेश भ्रमण रोक्नुभएको छ । मन्त्री पण्डितले हाल पाँचवटा स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूको विदेश भ्रमण रोक्नु भएको हो ।

कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरी थापाको नगरपालिकाका कार्यकारी अधिकृतसहित पाँच जनाको अमेरिका भ्रमण, धुलीखेल नगरपालिकाका प्रमुख अशोक बेञ्जुसहित दुई जनाको इण्डोनेसिया र मलेसियाको भ्रमण रोक्का गरिएको हो ।

मन्त्री पण्डितले धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर बडसहित चार जनाको ताइवान भ्रमण, भरतपुर महानगरपालिकाका १ प्रतिनिधिको थाइल्याण्ड भ्रमण र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको चीन भ्रमण रोक्नुभएको छ ।

समान्य प्रशासन मन्त्री पण्डितले विदेश भ्रमणका लागि मन्त्रालयले निर्माण गर्दै गरेको कार्यविधि निर्माण भएर लागु नहुदासम्म हालका लागि सम्पुर्ण विदेश भ्रमण रोक्का गरिएको जानकारी दिनुभयो ।

Leave Your Comment