देशैभरका भन्सारमा अर्थमन्त्रीको कडा निगरानी: असल कार्यगर्ने लाइ साथ् तलमाथि गर्ने बिरुद्द निर्मम बन्ने घोषणा

अर्थमन्त्री डा. युवराज खतिवडा आफ्नो कार्यकक्षमा अति जरुरी बैठक भइरहँदासमेत घरिघरि सिसिटिभीतिर आँखा पुर्याउँछन् । भन्सार कर्मचारीकै मिलेमतोमा राजस्व असुली कम भइरहेको तथ्यसहितको सूचनाका आधारमा अर्थमन्त्री खतिवडाले आफ्नै कार्यकक्षबाट देशभरका भन्सार कार्यालयहरूमाथि निगरानी सुरु गरेका हुन् ।

उनकै योजनामा अर्थ मन्त्रालयले भन्सार विन्दुहरूमाथिको निगरानीमा कडाइ गरिरहेको छ । त्यसैकारण, अर्थमन्त्री डा। खतिवडा आफैँ निगरानीमा बढी सक्रिय देखिएका हुन् । भन्सार विन्दुहरूमा हुने अनेकन समस्यासहित उत्पन्न विकृति हटाउन मन्त्रालयले अनुगमन अघि बढाएको उनको भनाइ छ ।

सबै भन्सार कार्यालयका कर्मचारीलाई रूपान्तरण गरी राम्रो नतिजा ल्याउन तल्लीन अर्थमन्त्री खतिवडाले सार्वजनिक रूपमा पनि भन्सार कार्यालयहरूमा आफैले निगरानी अघि बढाएको सूचना दिइसकेका छन् । मन्त्री खतिवडाले भन्सार विन्दुमा सुधारका लागि कर्मचारीसँगै निजी क्षेत्रलाई समेत जनाउ दिएका छन् ।

‘हामी भन्सार विन्दुलाई सफा राख्ने प्रयत्नमा छौँ । यो स्पष्ट हुन जरुरी छ, मेरो कक्षमा सिसिटिभी छन् । हरेक भन्सारमा एक–एक घण्टामा मेरो नजर परिरहेको छ । म हेर्दैछु, कहाँ-कहाँ कर्मचारी र गाडीको लाइन छ । कता काम भएको छ, कता रोकिएको छ, अनि कतातिर चलखेल भइरहेको छ,’ देशभर निगरानीमा कडाइ गरेको प्रस्ट पार्दै अर्थमन्त्री खतिवडाले सौर्यसँग भने, ‘कुन भन्सारमा के हुँदैछ, म आफै सिसिटिभीमा हेरिरहेको छु ।’

भन्सारमा राम्रोसँग चेकजाँच नगर्ने, भित्रिएपछि सामान समात्ने, भन्सारमा नै न्यूनबीजकीकरण गर्ने, बजारमा छापा मार्ने काम भइरहेको बताउँदै खतिवडाले उद्योगी-व्यापारीले सही बिलिङ नगर्दा नै यो समस्या आएको बताए । ‘यसलाई रोक्नकै लागि भन्सार विन्दु र कारखानाको ढोकामै निगरानी बढाउनुपरेको हो,’ मन्त्री खतिवडाले भने, ‘कपडा, स्टेसनरी सामानहरू हाम्रो आयातको रकेर्डमा नै छैनन् । बजारमा आइरहेको छ । हामी उपभोग गरिरहेका छौँ, भन्सारमा नदेखिने, तर बजारमा आइपुग्ने भएपछि बाँकी कुरा भन्नै पर्दैन, तथ्य आफैँ बोलिरहेको छ ।’

धेरै निकायले अनुगमन गरेको भन्ने गुनासोलाई सम्बोधन गर्नकै लागि राजस्व अनुसन्धानको अधिकार प्रधानमन्त्रीकोमा लगिएको जानकारी पनि अर्थमन्त्री खतिवडाले गराए । उनले भन्सार विन्दुमा उत्पन्न ट्राफिक समस्याबारे पनि सरकार गम्भीर रहेको बताएका छन् ।

यथार्थमा आधारित भन्सार डिक्लेयर

अर्थमन्त्री खतिवडाले भन्सार ऐजेन्टहरूलाई तटस्थ रहन निर्देशन दिँदै वास्तविकताको आधारमा नै भन्सार डिक्लेयर गराउनुपर्ने प्रस्ट नीति सुनाए । यसमा सरकारको पनि कमजोरी रहेको स्वीकार गर्दै अर्थमन्त्रीले अब भने पारदर्शितामा विश्वास गर्ने सरकार आएकाले सबैले सहयोग गर्नुपर्ने प्रस्ट पारे ।

‘लगानी गर्ने र स्वच्छ रूपमा व्यवसाय गर्नेलाई हाम्रो साथ छ, तलमाथि गर्नेले कुनै सहयोग र साथको अपेक्षा नगर्दा हुन्छ,’ अर्थमन्त्री खतिवडाको भनाइ छ । उनले मन्त्रालयले सबै राजस्व प्रशासनको शुद्धीकरणमा लागी काम थालिसकेको जानकारी पनि दिए ।

भ्याट प्रणालीमाथि समीक्षा

अर्थमन्त्री खतिवडाले उद्योगी–व्यापारीले एकातर्फ भन्सार दर घटाउन माग गर्ने र अर्कोतर्फ भन्सार दर बढाएर स्वदेशी उद्योग बचाउन आग्रह गरिरहेका भन्दै यस विषयमा सरकार गम्भीर रहेको बताए ।

केहीले बहुदर भ्याटको कुरा राख्नुभएको छ । कसैले यो सीमा १ करोड पुर्याउनुपर्ने भनिरहनुभएको छ । यसमा बहस हुनुपर्छ, कुन विषय भ्याट छुटको हो, कुन होइन भन्नेमा हामी पनि छलफलमा छौँ । भ्याट प्रणालीमाथि नै समीक्षा गर्दैछौँ

भन्सार विन्दु छलेर हुने अवैध आयातलाई रोक्न आफूले गृह मन्त्रालयसँग पनि छलफल थालेको उनको भनाइ छ । उनले मूल्य अभिवृद्धि कर (भ्याट) को थ्रेसहोल्ड विषय विवादित भए पनि कारोबार सीमा ५० लाख पुगिसकेको बताए ।

‘केहीले बहुदर भ्याटको कुरा राख्नुभएको छ । कसैले यो सीमा १ करोड पुर्याउनुपर्ने भनिरहनुभएको छ । यसमा बहस हुनुपर्छ, कुन विषय भ्याट छुटको हो, कुन होइन भन्नेमा हामी पनि छलफलमा छौँ । भ्याट प्रणालीमाथि नै समीक्षा गर्दैछौँ,’ अर्थमन्त्री खतिवडाले भने । उनले भ्याट र जिएसटीका विशेषताहरूबारे पनि सरकारले छलफल चलाइरहेको प्रस्ट पारे । मन्त्री खतिवडाका अनुसार भ्याट र जिएसटीमध्ये कुन बढी वैज्ञानिक र वस्तुगत कर प्रणाली हो भन्नेबारे समीक्षा भइरहेको छ ।

बैंकको नियामकसँग आफै कुरा गर्छु

अर्थमन्त्री खतिवडाले उद्योग–व्यापार प्रवद्र्धनका लागि विशेष आर्थिक क्षेत्र ९सेज० सहितका पूर्वाधारमा पनि सरकारले विशेष ध्यान दिएको जानकारी दिए । यही उदेश्यका लागि हरेक प्रदेशमा एउटा विशेष आर्थिक क्षेत्र ९सेज० निर्माण गर्न लागिएको उनको भनाइ छ ।

अब जोखिम बाँड्न ऋणहरूको बिमा अनिवार्य गर्नुपर्ने अवस्था आयो, बैंकहरूले त्यो ऋण दिइरहँदा पैसाको अवश्यकता पर्यो भने पुनर्कर्जाको व्यवस्था पनि छ, हामीले अब बैंकहरूलाई झकझक्याउनुपर्ने देखेको छु । बैंकको नियामकसँग म आफै कुरा गर्छु

दशकभन्दा अघिदेखि निर्माण सुरु गरिएका आइटी पार्क, भैरहवा सेज, विराटनगर आइसिपी लगायतका आयोजना अलपत्र रहनुले भने पूर्वाधारमा गरिएको लगानीमाथि पनि प्रश्न उठ्ने अवस्था आएको उनले प्रस्ट पारे । उनले अब भन्सारसँगै कृषिवस्तुको क्वारेन्टाइन ल्याब स्थापना, अग्र्यानिक खेतीको प्रवद्र्धन, कृषिवस्तुको सहज निर्यात, भारतीय सीमामा रेल्वे, हवाई र सडक कनेक्सन विस्तार वर्तमान सरकारको प्राथमिकतामा रहेको जानकारी दिए ।

खतिवडाले कृषिमा सस्तो ब्याजदरमा अनुदान ऋण दिने विषय योजनामा सीमित बनेको भन्दै सरकार गम्भीर रहेको बताए । ‘अब जोखिम बाँड्न ऋणहरूको बिमा अनिवार्य गर्नुपर्ने अवस्था आयो, बैंकहरूले त्यो ऋण दिइरहँदा पैसाको अवश्यकता पर्यो भने पुनर्कर्जाको व्यवस्था पनि छ, हामीले अब बैंकहरूलाई झकझक्याउनुपर्ने देखेको छु । बैंकको नियामकसँग म आफै कुरा गर्छु,’ अर्थमन्त्री खतिवडाले भने । सौर्य दैनिक

Leave Your Comment