एकहप्ते भारत भ्रमणमा निस्किएका बाबुराम भारतीय प्रहरीको कडा सुरक्षा घेराभित्र देखिएपछी……..

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टाराईको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता भईसकेका छन् । नयाँ शक्ति पार्टीका संयोजक समेत रहेका डा. भट्टराईले आफ्नो सुरक्षामा खटिएका १० प्रहरी र १९ सशस्त्र गरी २९ सुरक्षाकर्मीलाई फिर्ता पठाएका हुन् ।

भट्टराईले १२ वर्षदेखि पाउँदै आएको सुरक्षा घेरा चैत्र ३० गतेदेखि हटेको हो । राज्यलाई अनावश्यक भार पर्ने भन्दै उनले पूर्व प्रधानमन्त्रीको हैसियतमा लिईरहेका सुरक्षाकर्मीलाई फिर्ता पठाएका हुन् । यतिबेला भट्टराई भारतका विभिन्न क्षेत्रको भ्रमणमा व्यस्त छन् ।

बैङ्लोरमा रहेका बेला कर्नाटक राज्य सरकारले उनको सुरक्षादृष्टिकोणलाई मध्यनजर गर्दै अघि र पछि सुरक्षाकर्मी खटाएको छ । नेपालबाट सुरक्षाविहिन भएर भारत पुगेका भट्राईको सुरक्षार्थ अघि पछि सुरक्षाकर्मी परिचालन गरिएको हो ।

जुन कुरा उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी दिएका छन् । भट्टराईले लेखेका छन्, ‘आफ्नो देशका सुरक्षाकर्मीलाई विदा गरेर विदेशततिर हानिएको त बैगलुरूमा कर्नाटक सरकारले अगुवा पछुवामाथि एम्बुलेन्स समेत थपेर पो पठाएछ ! ‘बर्मा गए पनि कर्मसंगै’ भनेको यही हो कि कसो ?’

संयोजक भट्टराई अन्तर्राष्ट्रिय नेपाली समाज, भारतको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न बैंगलोर गएका हुन् । भ्रमणका क्रममा भट्टराईले भारतमा रहेका नेपालीहरुको समस्या र समाधानका विषयमा नेपाली समुदायसँग छलफल गर्दै आएका छन् ।

भारतका मुख्य–मुख्य शहर दिल्ली, मुम्बई, तमिलनाडू लगायतका स्थानमा रहेका नेपाली समुदायसँग परामर्श गरिरहेका छन् । भट्टराईले भारतका महत्वपूर्ण ऐतिहासिक स्थानहरुको समेत अवलोकन गरिरहेको नयाँ शक्ति पार्टीले जनाएको छ ।

भट्टराईसँगै ८८ वर्षीय पिता भोजप्रसाद भट्टराई पनि धार्मिकस्थल रामेश्वरम र द्वारकाधाम जानको लागि भारत गएका छन् । भट्टराई बैशाख ८ गते साँझ काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

Leave Your Comment