Video: पार्टी एकताबाट प्रचण्ड ‘ब्याक’ हुदै गरेको स्पस्ट संकेत, प्रचण्ड ब्याक भए के हुन्छ नेपाली राजनीतिमा उथलपुथल? हेर्नुहोस भिडियो

‘राजनीतिक फड्को’ । केही समयअघि गृह जिल्ला चितवन पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही शब्द उच्चारण गरेपछि एमाले–माओवादी केन्द्रवीचको संभावित एकतामा संसय पैदा हुँदै आएको थियो । त्यसैगरी केही समययता उनले ५० प्रतिसतको भागबण्डा अनिवार्य भएको आसय ब्यक्त गरिरहेका छन् । उनका यी दुई विचारलाई कसी लगाएर धेरैले प्रचण्डका संभावित राजनीतिक फड्कोका सम्बन्धमा आ–आफ्ना तर्क अघि सारिरहेका छन् ।

दुई बाम पार्टी एकता गरेर एउटै र ठूलो पार्टी बनाउने र ५ बर्ष स्थिर सरकार दिने । केही समययतादेखि यी दुई पार्टीले सार्वजनिक गरेका रोडम्याप यिनै हुन् । तर जुन रफ्तारमा यी दुई पार्टीको आधिकारिक लगनगाँठो कसिदै जानु पर्ने हो, त्यो नभएर प्रेम र रोमांशमा सीमित भइदिँदा धेरै संका–आसंकाहरु जन्मिनु स्वभाविक नै हो । ती सवैखाले संभावित आशंकालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अभिब्यक्तिले मलजल गरिदिएको छ । के उनी साँच्चै फड्को मार्दैछन् ? वा ५० प्रतिसत भागबण्डा भएन भने के हुन्छ ? राजनीतिक बृत्तमा आजको सवैभन्दा तातो प्रश्न यही नै हो ।

त्यसो त लामो समयसम्म एउटै एजेन्डामा प्रचण्ड अडिएर बस्न सक्दैनन् भन्ने कुरा ब्यवहारमा नै देखिएको छ । यसै ब्यवहारको सजिलोकालागी प्रचण्डले ‘क्रमभंग’ भन्ने शब्दलाई सवैको मुखमा झुण्ड्याई दिएपनि । पछिल्लो पटक उनले ‘क्रमभंग’ भनेर उच्चारण त गरिसकेका छैनन््, तर त्यसैको भावार्थ आउनेगरी ‘राजनीतिक फड्को’ भनेका छन् । तर, ‘राजनीतिक फड्को’ पनि ‘क्रमभंग’ जत्तिकै शक्तिशाली र नयाँ परिणाम दिने शब्द चाहिं हो । एमालेसँग ५० प्रतिसत भागबण्डाको बार्गेनिड पनि उत्तिकै भाँजो उत्पन्न गराउन सक्ने प्रकारको छ । किनभने चुनावमा ४० प्रतिसत पाएर ३० प्रतिसतमा जीत हात पारेको माओवादी केन्द्र परिणामको हिसावमा खुम्चदै गएको अवस्थामा देखिदै थियो ।

प्रचण्ड आजका मितिमा पनि नेपाली राजनीतिका ‘मियो’ नै हुन् । उनी बिना एमालेले सरकार बनाउन सक्दैन । उनी भएभने दोस्रो ठूलो दल नेपाली कांग्रेसले सानातिना दलका टाउकाहरु मिसाएर बहुमत प्रदर्शन गर्न सक्छ । यही कारण हो, प्रचण्डको एउटा शब्दले नेपाली राजनीतिलाई हल्लाउने हैसियत राखेको । उनको एक फड्कोले नेपाली राजनीतिको ‘कोर्ष’ परिवर्तन गरिदिन सक्छ ।

एमाले र माओवादी केन्द्रवीच पार्टी एकता तत्कालै गर्नु वा नगर्नुले राजनीतिमा कस्तो असर छोड्ला ? त्यो भिन्न समीक्षाको विषय हो । तर नैतिकरुपमा चल्ने हो भने प्रचण्डसँग एउटा मात्र बिकल्प छ । त्यो बिकल्प भनेको एमालेको नेतृत्वमा बनेको सरकारलाई ५ बर्षसम्म निरन्तरता दिनु नै हो । यद्यपि आजका मितिसम्म प्रचण्डले मारेका फड्कोहरु हेर्ने हो भने उनले प्रयोग गर्ने ‘क्रमभंग’ को ‘जस्टिफाइ’ भएको छ । उनको नयाँ फड्को कस्तो–कस्तो हुनसक्छ त ? आजको हाम्रो रिपोर्टको विषय यही नै हो ।

बिकल्प नं १
एमालेसँग पार्टी एकता गरेर संयुक्त पार्टीको अध्यक्ष बन्ने ।
– माओवादी पार्टीका अध्यक्ष प्रचण्डले आधा दशक भयो एमाले जस्तो ब्यवस्थित पार्टीको नेतृत्व गर्ने सोच पालेको । उनको नजिकमा बसेर काम गरेका एक केन्द्रीय नेताका अनुसार माओवादी पार्टीलाई पद्धतिमा राखेर सञ्चालन गर्ने सवालमा उनले हार खाइसकेका छन् । त्यसैले पनि उनी आफ्नो पार्टीलाई एमालेमा मिसाउने यो मौकालाई खेर जान दिने छैनन् । किनपनि भने ओरालो लागेको पार्टीलाई ओट लगाएर रोक्ने अस्त्र अव उनीसँग बाँकी छैन । तर, संयुक्त पार्टीको नेतृत्व उनको बटमलाइन हो । दुई अध्यक्ष राखिएपनि कार्यकारी अध्यक्ष नपाएको खण्डमा उनले पार्टी एकता रोक्न सक्छन् ।

बकल्प नं २
एमालेसँग मिलेर बनेको पार्टीमा अध्यक्ष केपी ओली बराबरको हैसियतमा बस्ने ।
– प्रचण्डले संयुक्त पार्टीको अध्यक्ष बन्ने मौका पाएनन् भने सह–अध्यक्षमा चित्त बुझाउन सक्छन् । तर त्यस्तो हुनलाई एमाले अध्यक्ष केपी ओली र उनको हैसियत समान हुन जरुरी हुन्छ । त्यसकालागी पार्टीको महाधिबेशनसम्म दुवै अध्यक्षहरु सह–अध्यक्षमा परिणत हुन सक्छन् । यो बिकल्प उनकालागी ‘मर्नुभन्दा बौलाउनु निको’ भनेजस्तो मात्र हो । किनभने तत्कालै हुने महाधिबेशनले उनको पक्षमा निर्णय गर्ने संभावना कम हुने छ ।

बिकल्प नं ३
नेपाली कांग्रेससँग मिलेर सरकारको नेतृत्व गर्ने ।
– एमालेले राष्ट्रपति र प्रधानमन्त्रीमा आफ्नो नेतृत्व स्थापित गरिसकेको छ । तर अव पार्टी अध्यक्षमा समेत जिद्धि गरे प्रचण्डले अर्को बिकल्प खोज्न सक्छन् । त्यसोभयो भने उनले कांग्रेसवाट बारम्बार आइरहेको प्रधानमन्त्रीको अफरलाई सदुपयोग गर्नुको बिकल्प बाँकी रहन्न । बाम एकताका विरोधीहरु, देशी–विदेशी एजेन्ट र आफूलाई प्रजातन्त्रबादी भन्न रुचाउनेहरुको ‘मक्सद’ पनि यही नै हो । यो बिकल्पमा कांग्रेस र माओवादी लामो समयसम्म अड्न नसक्ने भएकाले त्यसपछिका दिनमा पनि माथिका दुई बिकल्पको संभावना भने टर्ने छैन ।

बिकल्प नं ४
एमालेको समर्थनमा सरकारको नेतृत्व गर्ने ।
– यतिवेला प्रचण्डको हातमा ‘लड्डु नै लड्डु’ छन् भनेर विश्लेषण गरियो भने त्यो गलत हुँदैन । किनभने उनीसँग जति बिकल्प यतिवेला अर्को कुनै नेतासँग पनि छैन । उनी स्थिर भएर बसेभने नेपाली राजनीति सरल रेखामा हिड्छ । उनले फड्को मार्ने काम गरेभने राजनीतिको ‘कोर्ष’ परिवर्तन हुन्छ । उनले गत चुनाव र ‘म्यान्डेड’को भावना बिर्सिदिए भने अवको सरकारको नेतृत्व केपी ओलीले होइन, उनले आफैं गर्न सक्छन् । त्यो पनि एमालेको समर्थनमा । उनी कांग्रेससँग अंगालो मार्न जाने टुंगो लाग्यो भने एमालेले नै सरकारको नेतृत्वकालागी प्रचण्डलाई अफर गर्न ढिलो गर्ने छैन । किनभने एमाले सरकार वाहिर बस्ने मनस्थितिमा छैन ।

निश्कर्ष
दुई बाम पार्टी मिलेर सरकार बनाइसकेका एमाले र माओवादीका कार्यकर्ता पार्टी एकताको पक्षमा खुसी छन् । सायद यसैकालागी राष्ट्रपति र प्रधानमन्त्री दुवै शक्तिशाली पद छोड्न माओवादी राजी भएको । यी दुई शक्तिशाली पद छोडिरहँदा प्रचण्डले राखेको अपेक्षा भनेको संयुक्त पार्टीको अध्यक्ष हो । पार्टी अध्यक्ष भएपछि ती दुवै शक्तिशाली पदको नेतृत्वकर्ता पनि आफैं हुनेमा उनी ढुक्क हुनु अस्वभाविक होइन ।

तर, अध्यक्ष पद प्रचण्डलाई छोड्न आनाकानी गरिरहेको छ, एमाले । त्यही आनाकानीलाई चाँडै निश्कर्षमा प्र्याउन प्रचण्डले ‘राजनीतिक कार्ड’ फालिरहेका छन्, ‘बार्गेनिङ’ को रुपमा ।
प्रचण्डसँग धेरै बिकल्प छन् । तर धेरैमध्येमा पनि यही बिकल्पले मात्र उनको शीर उठाउन सक्छ, जसमा उनले संयुक्त पार्टीको तालाचाबी फेला पार्नेछन् । केन्द्रबिन्दु बाट

Leave Your Comment