Breaking News: काठमाडौं उपत्यकामा भूकम्पको धक्का, हल्लियो राजधानी आसपासका क्षेत्र

काठमाडौं– काठमाडौं उपत्यकामा राति भूकम्पको धक्का महसुस भएको छ।

आइतबार राति ९ बजेर २२ मिनेटमा कीर्तिपुरको दहचोक आसपास केन्द्र बनाएर ३ दशमलब २ रेक्टर स्केलको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।

उनका अनुसार भूकम्पको धक्का कीर्तिपुरका साथै सिंहदरबार, बल्खु, सुन्धारा लगायत क्षेत्र तथा ललितपुर र भक्तपुरमा पनि महसुस गरिएको छ।

Leave Your Comment