माओवादीको बराबरी हिस्सा अडान कायमै! सिकुटेबाट सिधा बालुवाटार छिरे प्रचण्ड, पार्टी एकताबारे आजै ‘ब्रेक थ्रु’

काठमाडौं, बैशाख ३

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड सुकुटेबाट सिधै बालुवाटार पुग्नुभएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी एकताको बिषयमा छलफल गरी निश्कर्षमा पुग्न दाहाल केही बेर अघि प्रधानमन्त्रीनिवासबालुवाटार पुग्नुभएको हो ।

सरकार गठनपछि पार्टी एकता प्राथमिकतामा नपरेको भन्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग गुनासो पोखेर दाहाल हिजो सिन्धुपाल्चोकको सुकुटे पुग्नुभएको थियो । ओलीसँग बार्ता छाडेर सुकुटे हिडेपछि एकता प्रक्रिया नै अन्योलमा परेको आशंका बढेपछि दाहाल सिधै वान टु वान बार्ताका लागि बालुवाटार पुग्नुभएको हो ।

एमाले र माओवादीबीच आगामी ९ वैशाखमा पार्टी एकता गर्ने पूर्वसहमति भइसकेको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमणअघि भएको सो निर्णय कार्यान्वयनका लागि भ्रमणबाट फर्केलगत्तै संयोजन समितिको बैठक राखेर अन्तिम टुंगो लगाउने सहमति भएको थियो ।

तर २७ चैतका लागि तय भएको बैठक बस्न नसकेपछि शीर्ष नेताबीच एकताबारे गहन वार्ता हुन सकेको छैन । सोही बिषयको टुंगो लगाउन ओली र दाहालबीच बार्ता सूरु भएको हो ।

दुई पार्टीबीच एकतापछिको सवै कुराको टुंगो लागेपनि संख्याको बिषयमा सहमति हुन सकेको छैन । माओवादीले बरावर हिस्सा मागेको छ भने एमालेले बिगतमा भएको सहमतिबाट पछि हटन नसकिने बताएको छ । दुइ नेताबीच सवै बिषयमा छलफल गरी बाहिर आएका सवै आशंका मेटने बताइएको छ ।

Leave Your Comment