पार्टी एकतामा आशंका फैलाउनेलाई ओली-प्रचण्डको एउटै जवाफ “विवाद सबै मिलिसक्यो, एकता भाँडन खोज्ने बिचौलियाहरु संग सतर्क रहनु”

काठमाडौं, बैशाख ३

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता भाँडन खोज्ने बिचौलिया निकै सक्रिय बनेको भन्दै सतर्क रहने निचोड निकालेका छन । एकताको विषयमा अन्योल बढ्दै गएको सूचना बाहिर आएपछि आज भएको ओली दाहाल बार्ताले सो निचोड निकालेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलले बिवादित बिषयमा सहमतिकायम गर्दै अन्तिम कामका लागि भोलि विहान ९ बजे एकता संयोजन समितिको बैठक राख्ने निर्णय गरेको छ । आरामका लागि भन्दै सिन्धुपाल्चोकको सुकुटे पुगेका प्रचण्ड आज बिहान सिधै बालुवाटार पुगेका थिए ।

दुई नेताबीचको छलफल पछि प्रचण्डले नै कुराकानी सकारात्मक ढंगले अघि बढेको र एकता भाँडन खोज्नेहरुलाईगतिलोजवाफ दिइएको बताए । छलफलले धेरै आशका मेट्ने काम गरेको दुवै पक्षको भनाइ छ । एमाले र माओवादीबीच आउँदो ९ गते पार्टी एकताको घोषणा गर्ने भनिए पनि दुवै दलका नेताबीच पछिल्ला दिनमा छलफल हुन सकेको थिएन ।

एमाले नेता माधवकुमार नेपालको संयोजकत्वमा रहेको प्रतिवेदन मस्यौदा कार्यदल र माओवादी नेता रामबहादुर थापाको संयोजकत्वमा रहेको संगठन तथा विधान मस्यौदा समितिल आ–आफ्ना प्रतिवेदन शीर्ष नेतालाई बुझाइसकेका हुन् । नेतृत्वस्तरमा छलफल नै हुन नसकेपछि पार्टी एकता अन्योलमा परेको बताइएको थियो । तर आजको छलफलले सवै आशंका दुर गरेको हो ।

पछिल्लो समय माओवादी केन्द्रले केन्द्रीय समितिमा बराबरी हैसियत नभएसम्म एकता नगर्ने अडान लिएपछि एकताको कुरा अड्किएको छ । केन्द्रीय समितिमा कति–कति जना नेता रहने, नयाँ दलको चुनाव चिन्ह के राख्ने, जनयुद्ध शब्द उल्लेख गर्ने कि नगर्ने लगायत विषयमा दुई दल विच कुरा मिल्नबाकि रहेको छ । दैनिकजसो बार्ता नहँदा यी समस्या आएका थिए ।

प्रधानमन्त्री ओली र दाहालबीचके दरी बढाउन सक्रिय एमालेरमाओवादी दुवैतिरका केही ब्यक्तिको कारण दुई नेताबीच केही आशंका बढेका थिए ।

Leave Your Comment