Video: “नेपाल बचाउनका लागि म लिम्बुको छोरोलाई हिन्दुराष्ट्र चाहियो” राजेन्द्र लिंगदेन [हेर्नुहोस भिडियो]

नेपाली जनताको मतलाई प्रतिशतमा भाग लगाउदा १९ प्रतिशतसम्म मत पाएको राप्रपा पार्टी आज स्थानीय, प्रादेशिक र प्रतिनिधि सभाको निर्बाचनसम्ममा आइपुग्दा कहाँ छ भनेर खोज्नु पर्ने अवस्थाको सिर्जना भएको छ । अब जनताको बुझाइमा राप्रपाको मटियामेट नै भैसकेको छ. तैपनि राप्रपाका महामन्त्री राजेन्द्र लिंग्देन स्थानीय स्तरमा लोकप्रिय छन् ।  त्यसैको परिणाम उनले प्रतिनिधिसभाको चुनावमा विजय पनि हासिल गरे ।  अस्तित्वकै खतरा भएको पार्टीलाई तपाइले किन कुरेर बसिरहनु भएको छ भनेर सगरमाथा टेलिभिजनको कार्यक्रम एसटिभी च्याटमा सोद्धा उनी भन्छन-

निर्बाचनमा राप्रपाले जुन मत परिणाम हासिल गर्यो त्यसको कारणले राष्ट्रिय  प्रजातन्त्र पार्टीको अस्तित्व समाप्त भएको छैन ।  एउटा चुनाव हार्दैमा कुनै पनि मुद्धाको समाप्ति भयो वा अब त्यो पार्टी उठ्दैन भन्ने कुरा हैन । हामीले जुन मुद्धा उठाएका छौं यो देशी मुद्धा हो. फेरी पनि यो पार्टी बलियो भएर जान्छ ।  हामीले के बुझ्नु जरुरी छभने , मैले जितेको बाटै स्थानीय स्तरमा हामीले गाउँपलिकहरुमा पनि जित्न सकेका छौं ।  त्यसबाट पनि के बुझ्न सकेका छौं ठिक तवरले यो पार्टीको विचारलाई तल्लो तहसम्म लान सक्यो भने, ठिक तहले जनतालाई बुझाउन सक्यो भने यो विचार अहिले पनि बिक्छ ।  अहिले पनि जनताले मन पराउने विचार हो भन्ने मैले प्रमाणित गरेको छु ।

अघिल्लो पुस्ता पार्टी भित्र जुट्ने, फुट्ने , जुट्ने र फेरी फुट्ने प्रक्रियामै अल्झिरह्यो जसले गर्दा संगठनलाई हामीले पार्टीलाई जनतासम्म लान सकेनौ. जनताले हामीले गर्न खोजेको कुरा नै थाहा पाएनन्.जसको लागि हामीले काम गर्न चाहेका थियौं हामीले हाम्रो विचार उसैलाई पनि बुझाउन सकेनौ ।  हामीले हिन्दु राष्ट्रको कुरा गर्यौं, हिन्दु धर्ममा विश्वाश गर्ने मानिसहरु, कर्मकाण्डमा विश्वाश गर्ने मानिसहरु, भजन किर्तन गरेर बस्नेहरुको समेत हामीले भोट पाउन सकेनौं ।  हामीले राजा सहितको प्रजातन्त्रको कुरा गर्यौं तर यो  मुलुकमा राजा चाहिन्छ भनेर हामी भन्दा पनि चर्को ढंगले उफ्रेर हिड्नेहरुकै  भोट हामीले पाउन सकेनौभने पछी हामीले उनीहरुलाई नै ठिक ढंगले बुझाउन सकेनौं, दोषी उनीहरु हैन हामीहरु नै हौँ, हाम्रो नेतृत्व हो ।आगामी दिनमा हामी यसलाई सच्याएर जानेछौं ।

धर्म निरपेक्षताको गलत ब्याख्या गरियो. यसको बारेमा मैले धेरै कुरा भनिरहनै  पर्दैन किनकि धर्म निरपेक्षताको बारेमा धेरै बहस र छलफल भएको छ ।  म यतिमात्र भन्न्छु, हामीले धर्म केलाई भन्छौं ?म यसको ठूलो व्याख्याता त् हैन तैपनि मैले बुझे अनुसार धर्मको कहीं पनि नकारात्मक ब्याख्या हुँदैन ।  धर्म भन्ने बित्तिकै राम्रो, सत्य र लोककल्याणसंग सम्बन्धित छ ।  धर्म भनेकै अर्काको भलो, अर्काको राम्रोसंग सम्बन्धित छ तर भलो, राम्रो र सत्यसँग राज्य निरपेक्ष हुनसक्छ ? व्यक्ति त् निरपेक्ष हुन सक्दैन, कुनै बेला उसले नराम्रो गर्ला तर नराम्रो गर्छु, कुभलो गर्छु भन्न सक्छ ? नराम्रो गर्ने घोषणा गरेर उसले कसैको कुभलो गर्न सक्छ ? सक्दैन भने राज्य कसरी धर्मबाट निरपेक्ष रहन सक्छ ? यो जुन व्याख्या गरिएको छ नितान्त गलत ब्याख्या गरिएको छ ।

म सानो छँदा, विद्यार्थी छंदादेखि नै ममा देशभक्तिको भावना थियो, म पहाडमा खान नपुगेर मधेस झरेको लिम्बुको छोरो हुँ, यो कुरा मैले बारम्बार भनेको छु ।

जनताको इच्छा के देखियो भने एक पटक केपी ओली प्रधानमन्त्री हुनुपर्छ ।  हामी प्रजातन्त्रमा बिश्वाश राख्ने पार्टीले एक पटक विश्वाशको मत दिनु पर्छ तर यसको अर्थ यो सरकारको कार्यकालभरी हाम्रो पार्टीको समर्थन हुन्छ भन्ने ग्यारन्टी छैन । यो सरकारले जनतासमक्ष ब्यक्त गरेका प्रतिबध्दता पुरा गर्दै लग्यो, लोक कल्याणकारी काम गर्दै लग्योभने हामीले सहयोगलाई निरन्तर राख्न पनि सक्छौं ।  अरु लेनदेन संग सम्बन्धित विषय छैन । कम्युनिस्ट अधिनायकबादको मानिसहरुले जुन आशंका गरिरहेका छन् यो सरकार त्यसतर्फ अगाडी बढ्यो भने हामीले दिएको समर्थन फिर्ता लिन्छौं र विरोध गर्छौँ ।

गएको तीनै तहको चुनावमा लज्जास्पद पराजय भोगेर झन्डै झन्डै अस्तित्व जोगाउन नै मुस्किल परेको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीका एक्लो विजेता राजेन्द्र लिंग्देनले कुराकानीको क्रममा अरु के के भने भिडियोमा हेर्नुहोस  ।

Leave Your Comment