पार्टी एकतालाइ वार या पार लगाउने गरि एकता संयोजन समितिको बैठक जारी, के-के हुदैछ बालुवाटारमा?

वैशाख ४, काठमाण्डौ । एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक बसिरहेको छ । एकताका लागि मिल्न नसकेका विषयहरु टुंगो लगाउन प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो ।

एमाले–माओवादी एकता वैशाख ९ का लागि हुने बताइए पनि जनयुद्ध र एकता अनुपात लगायतमा कुरा मिल्न सकेको छैन । सोमबार दुई पार्टीका अध्यक्षबीच गाँठो फुकाउन छलफल भएको थियो । दुई अध्यक्षबीचको छलफलपछि आजका लागि एकता संयोजन समितिको बैठक बोलाइएको हो ।

केही समयदेखिको संवादहीनताको बीचमा बसेको बैठकलाई चासोका साथ हेरिएको छ । बैठकले जनयुद्ध शव्दबारेको विवाद, एकता अनुपातको किचलो र चुनाव चिह्नबारेको मतान्तरलाई सुल्झाउने अपेक्षा गरिएको छ ।

एकता संयोजन समितिमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन् ।

Leave Your Comment