पुर्व प्रधानमन्त्री भट्टराइलाइ “हामी नेपाली सामुहिक रूपमा नै ‘नर्क’ तिरै पुग्छौं कि” जस्तो लागेपछि बाबुलाई तीर्थाटन गराउदै, के भने बाबुरामले?

काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पुत्रधर्म निभाएको बताएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले ८८ वर्षीय पिता भोजप्रसाद भट्टराईलाई रामेश्वरधाम घुमाएर पुत्रधर्म निर्वाह गरेको बताएका हुन् ।

 

यतिबेला भट्टराई भारत भ्रमणमा रहेका छन् । पार्टीको काम र पितालाई तिर्थाटन गराउन भट्टराई भारत गएका हुन् । भट्टराईले फेसबुमा तिर्थाटन गराएर आफूले पुत्रधर्म निर्वाह गरेको उल्लेख गरेका हुन् । उनले फेसबुकमा बाबुलाई तिर्थाटन गराएको उल्लेख गर्दै लेखेका छन्, ‘एउटा नास्तिक अब चित्रगुप्त र मार्क्सको बहिखातामा कता दर्ता होला कुन्नि !!

रानी जगदम्बाले बनाइदिएको एउटा नेपाली धर्मशालाको समेत राम्ररी स्याहार गर्न नसकेर जीर्ण रूपमा परित्यक्त भएको देख्दा भने हामी नेपाली सामुहिक रूपमा नै ‘नर्क’ तिरै पुग्छौं कि जस्तो पनि लाग्यो !!!’

 

Leave Your Comment