Video: घुस लिएको भिडियो टिभीमा, लिने व्यक्ती चर्का चर्की गर्दै लाईभमा । घुसको पैसा यसरी बाढ्छ प्रहरी !

वीरगञ्ज । यसरी खुद्रा पैसा गनिरहेको दृश्य कुनै मन्दीरको भेटी होइन । यो त वीरगंज भन्सारमा नाका सुरक्षार्थ खटीएका इर्नवा प्रहरी चौकी भित्र प्रहरी जवान र हवल्दारले पोके व्यापारीसँग लिएको अवैध पैसा गन्दै गरेको दृश्य हो ।

 

उनीहरुले दिनभर संकलन भएको पैसाको हिसाब गरीरहेका छन् । हिसाव भएपछि जम्म उठेको रकम चौकी ईन्चार्जसहित सबलाई बाँडिन्छ ।
देशकै प्रमुख भन्सार नाकामा दैनिक रपमा यसरी पैशा उठाईन्छ । हामी वीरगञ्ज ब्युरोको सहयोगमा भन्सारमा हुने राजश्व छली र भ्रष्टाचारका विषयमा रिपोर्टिङ गर्दै आएका छौँ ।

भन्सारमा हुने तस्करी र लेनदेनको विषयमा रिपोर्टिङ गर्दा कयौ पटक हाम्रो टिमलाई पैसा लिने प्रयास भए ।

Leave Your Comment