मुगु पछी अन्य दुइ बालबालिकाको अभिभावकको भूमिका निर्वाह गर्न प्रधानमन्त्री ओली आज सिरहामा

विद्यालय भर्ना अभियान अन्तर्गत एक अभिभावकको भूमिका निर्वाह गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज सिरहा आइपुग्नु भएको छ ।

नेकपा एमालेका जिल्ला अध्यक्ष प्रमोद यादवका अनुसार प्रधानमन्त्री ओली केहीबेरमा सिरहा आउनु भएको हो । विद्यालय भर्ना अभियान अन्तर्गत अभिभावकत्व ग्रहण गर्दै विद्यार्थी भर्नाका लागि प्रधानमन्त्री ओली सिरहाको कल्याणपुर नगरपालिका वडा नं ११ का भोगेन्द्र मल्लिकका छोरा पवन मल्लिक (डोम) र दिनेश खत्वेकी छोरी रुपाकुमारी खत्वेको अभिभावकत्व गर्दै कल्याणपुर नगरपालिकास्थित रामदुलारी माविमा ती दुई जनालाई न्युनतम आठ कक्षासम्म पढाउनका लागि सम्पूर्ण खर्चको जिम्मेवारी लिने जानकारी अध्यक्ष यादवले दिए ।

प्रधानमन्त्रीसँगै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पनि अभिभावकत्व लिने कार्यक्रम रहेको श्रोतले बताएकाछन् ।सरकारले सञ्चालन गरेको विद्यालय भर्ना अभियानलाई अगाडि बढाउन प्रधानमन्त्री सिरहा आउनु भएको हो ।

Leave Your Comment