परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज चिनियाँ उपराष्ट्रपति वाङ क्वीसान र समकक्षी वाङ वीसँग भेटवार्ता गर्ने, भेटवार्ता पछी संयुक्त पत्रकार सम्मेलन

काठमाडौं, ५ वैशाख । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज समकक्षी वाङ वीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

सोमवार बेइजिङ प्रस्थान गरेका ज्ञवालीले आज उपराष्ट्रपति वाङ क्वीसान र समकक्षी वाङ वीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

५ दिने चीन भ्रमणमा रहेका ज्ञवाली र चिनियाँ समकक्षबीच विगतमा भएका सहमति र समझदारी अघि बढाउने वारेमा छलफल हुने भएको छ ।

उपराष्ट्रपति वाङसँग भेटवार्ता गर्न मन्त्री ज्ञवाली बुधबार बिहान आफू बसेको दियोथाई स्टेट गेष्ट हाउसबाट सरकारी निवास चोङनानहाई जाने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ ।

त्यसलगत्तै मन्त्री ज्ञवालीले स्टेट गेष्ट हाउसमा समकक्षी वाङ वीसँग भेटवार्ता गर्नेछन् । भेटवार्तापछि दुवै मन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ ।

Leave Your Comment