नेकपा(एमाले)को भातृ संगठन युवा संघ नेपालको संगठन पुर्नगठन, अध्यक्षमा रमेश पौडेल, क-कसले पाए कुन पद?

काठमाडौं, बैशाख ६

नेकपा(एमाले)को भातृ संगठन युवा संघ नेपालको नेतृत्वमा रमेश पौडेल चुनिएका छन् । राजधानीमा सम्पन्न केन्द्रीय समितिको बैठकले पौडेललाई अध्यक्ष बनाउँदै संगठन पुर्नगठन गरेको हो।

प्रदेश सांसदमा निर्वाचित भएपछि अध्यक्ष राजिव पहारीले राजिनामा दिएका थिए। निर्वतमान उपाध्यक्ष रहेका पौडेललाई ६ महिनाभित्र महाधिबेशन गर्ने गरी आयोजक समितिको अध्यक्षका रुपमा जिम्मेवारी दिइएको छ। त्यस्तै संघको बरिष्ठ उपाध्यक्षमा किरण पौडेल तथा उपाध्यक्षहरुमा क्रान्ति बुर्लाकोटी, गोविन्द थापा, हस्त शाही, परशुराम बस्नेत र प्रभात बिक्रम कटुवाललाई चयन भएका छन्। यसअघि सचिव रहेका नरेश शाही महासचिवमा भएका छन्।

 

संघको सचिवमा माधव बास्तोला, वचन सिंह, राजेश साह, उर्मिला सुनुवार, अन्जना अधिकारी, पुर्ण लामा, हिमाल लिम्बू, दिपक जिएम, क्षितिज थेबे, सन्तोष रावल, राजु कार्की, ध्रुब यादब, सुरेन्द्र कार्की चयन भएका छन्। कोषाध्यक्षको जिम्मेवारी अमित लामालाई दिइएको छ। अनुशासन आयोगको अध्यक्ष गजेन्द्र शाही, लेखा आयोगको अध्यक्षमा दामोदर दंगाल र केन्द्रीय कार्यालय विभाग प्रमुखमा सुमन पुरी छन् । अनुशासन आयोग, लेखा आयोग र कार्यालय विभाग प्रमुखहरु स्थायी कमिटीसरह रहन्छन् ।

Leave Your Comment