प्रदेश ४ का प्रदेशभासभा सदस्य समेत रहेका फरार दिपक मनाङ्गे स्वयम्भुबाट पक्राउ

काठमाडौं । अभियुक्त दीपक मनाङ्गे पक्राउ परेका छन् । प्रदेश ४ का प्रदेशभासभा सदस्य समेत रहेका फरार मनाङ्गेलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ ।

सर्वोच्चले गत माघमा ज्यान मार्ने  ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको सजाय सदर गरेको थियो । यसलगतै फरार भएका उनले सांसदको सपथ समेत लिएका छैनन् ।

मनाङ्गेलाई स्वयम्भू क्षेत्रबाट पक्राउ गरिएको परिसरका प्रवक्ता एवं डीएसपी मोहन थापाले बताए ।

Leave Your Comment