Video: घुस्याहा कर्मचारीको च्यालेन्ज स्वीकार्दै रबि पुगे गोर्खा, गलत गर्ने मेडिकलले दियो क्षतिपुर्ती, मेनपावरद्वारा पनि छिटै क्षतिपुर्ती दिने प्रतिवद्धता [सिधाकुरा जनतासँग]

गोरखा । यस अघिको कार्यक्रममा गोरखा स्थीत सुलिकोट गाँउपालिकाको स्वास्थ्य शाखामा कार्यरत कर्मचारी सत्यनारायाण ढगोरीयाले आमा शिशु झोला कार्यक्रमको रकम भुक्तानी गर्दा २० हजार रुपैँया घुस लिएको देखाएका थियौँ ।

 

माउन्टेन यतिकी म्यानेजर अमृता ढकाललाई १ लाख ८६ हजार भुक्तानी गर्नका लागि उनले २० हजार घुस मागेको सुचना आएपछि ढकालसहित हाम्रो टिम गोरखा पुगेको थियो । २० हजार घुस लिदै उनले अन्य कर्मचारीलाई पनि यो भाग लाग्ने बताएका थिए ।

हामीले कार्यक्रममा लाइभमा नै उनलाई सम्पर्क गरेका थियौ । लाइभ कार्यक्रममा उनले हामीलाई गोरखा पुग्न र बुझ्न भन्दै चुनौती दिएका थिए ।

यो सँगै हाम्रो टिम अमृता ढकालसहित गोरखातर्फ लाग्यौँ । बाटोमा पुग्दा उनले ढकाललाई कम्पनी कसरी चलाउँछ्यौ भन्दै यसरी धम्काए ।
यतिबेलासम्म उनलाई सरकारी कामको लागि घुस लिएकोमा कत्ती पनि पश्चताप थिएन र अझै कम्पनी बन्द गरिदिन्छु भन्ने धम्भ थियो ।

 

हामी उनलाई भेटन् गोरखा बजार नै पुग्यौ । उनले हामीलाई आफ्नो डेरासम्मै लगे । हामीलाई गोरखा आए सबै देखाउने बताउने उनि त्यहाँ पुग्दा आँफुले गल्ती गरेको पनि सजिलै स्वकार गरीरहेका थिएन् ।

अन्तत उनले हाम्रो क्यामेरामा माफी मागे । र पैसा पनि फिर्ता गरे । प्राविधिक कारण बस उनी कार्यरत रहेको सुलिकोट गाँउपालिकाको कार्यालयमा हामी पुग्न सकेनौ तर जिल्ला प्रसाशन कार्यालय गोरखा, जनस्वास्थ्य कार्यालय गोरखामा पुग्दा आफ्नै सहकर्मीको रवैया देखेर अन्य कर्मचारीहरु अचम्मित थिए ।

यो बिषयमा सुलिकोट गाँउपालिकाले समेत ध्यान आकृषण भएको भन्दै विज्ञप्ती जारी गरेको छ । गाँउपलिका अध्यक्ष बिष्णुप्रसाद भट्ट र प्रमुख प्रशासकीय अधिकृत शैलेश राजभण्डारीद्धारा जारी विज्ञप्तीमा घुस खाने कर्मचारीको नामनै उल्लेख गरिएको छैन ।

दुई दशक भन्दा बढी अन्ना क्यासिनोमा श्रम गरेकाहरुलाई किन अलपत्र पारियो ?

काठमाडौँ । दरबारमार्गस्थित पाँचतारे होटल अन्पूर्णमा रहेको क्यासिनो अन्ना लगानिकर्ताहरुको विवादका कारण बन्द भएपछि करिब १ हजार कर्मचारी ४ बर्षदेखि रोजीरोटीको मागगर्दै आन्दोलनरत छन् ।

२३ वर्षदेखि अन्ना क्यासीनोमा काम गर्दै आएका कर्मचारी देखि ठुलो सँख्यामा कर्मचारीहरुको ४७ महिनाको सञ्चयकोष तथा ७ महिनाको तलब सुविधासहित ३३ करोड र क्यासीनोमा रोजगारी दिन माग गरीरहेका छन् ।

श्रम ऐनमा भएको नियम अनुसारनै उनिहरुले यस्तो माग गरीरहेका छन् । २०६३ सालमा क्यासिनोका वास्तविक लागानीकर्तालाई निकालेपछि खराब व्यवस्थापन र राज्यलाई करीब १३ करोड राजश्व नबुझाएका कारण २०७० साल बैशाख ५ गते बाट क्यासिनो बन्द भएको थियो । यससँगै अन्ना क्यासिनोमा कार्यरत ९ सय २२ जना कर्मचारीको रोजीरोटी गुमेको थियो ।

क्यासिनोमा विवाद सुरु भएसँगै २०६८ सालमा नेपाल सरकारले समायोजन गर्नुपर्ने निर्णय गरेको थियो । तर सरकारको निर्णयलाइ लत्याएर उनिहरुको तलब सुविधा तथा सञ्जकोष समेत नदिई काम निकालियो ।

यही कराण परिवारमा आर्थिक समस्या देखि आएको समस्याको कारण ७ जनाले त आत्महत्या नै गरीसकेका छन् ।
यो बिचमा उनिहरु पटक पटक श्रम अदालत पुगे, सर्वोच्च पुगे, पर्यटन मन्त्रालय पुगे, विभाग पुगे तर कतैबाट पनि उनिहरुको माग सुनुवाई भएन । उल्टो केही समय अघिमात्र अन्नपुर्ण होटललाई नै पुनः एट्लान्टिक रिक्रिएशन सेन्टर नामको क्यासिनो खोल्ने अनुमती दिएको छ र अहिले सञ्चालनमा छ ।

एउटै होटलमा नयाँ क्यासिनो खोल्दा पहिलेका कर्मचारीलाई समायोजन गर्नुपर्ने नियम छ तर यहाँ केही व्यक्तिहरुलाई मात्रै रोजगार दिए र सबै आन्दोलन दबाउन खोजेको उनिहरुको आरोप छ ।

तर अन्नपुर्ण होटलसँगको यो मुद्धामा न सरकारका कुनै मन्त्रीहरुले एक्शन लिन सक्छन् न अदालतका आदेश र फैसलाहरु कार्यान्वयन गर्न सक्छन् ।

गलत गर्ने मेडिकलले दियो क्षतिपुर्ती, मेनपावरद्वारा पनि छिटै क्षतिपुर्ती दिने प्रतिवद्धता

काठमाडौँ । गत कार्यक्रममा हामीले कतार गएर २२ दिनमै दुवै मृर्गौला फेल भएर फर्किएका नारायण गिरीको बिषय उठान गरेका थियौँ ।
मेडिकलले फिट भनेर दिएको अनफिट डकुमेन्ट्रले आफु मर्कामा परेको र पर्फेक्ट मेनपावरले समेत क्षतिपुर्ती नदिएको गुनासो पिडित को थियो हामीले यो बिषय प्रसारण गरेपछि पिडित लाइ सिरप मेडिकलले बोलाएर सहयोग स्वरूप भन्दै ५० हजार दिएको छ ।

चिकित्सकहरुले मेडिकल गर्दा नै थाहा हुने बताईरहदा मेडिकल ले भने आफुहरुको गल्ती नभएको भन्दै गल्ती देखिए सजाय भोग्न तयार रहेको भन्दै पिडितलाइ ५० हजार सहयोग दिएको बताएको छ ।

यता मेनपावरले पनि छिटै क्षतीपुर्ती दिने प्रतिबद्धता जनाएको छ । पिडितकी श्रीमती शान्त गिरीले भने क्षतिपुर्ति संगै कारबाही पनि हुनुपर्ने माग गरेकी छन् ।

मेडिकलले मेनपावर र मेनपावरले मेडिकल लाई दोष लागाउने क्रले चलेपछी हामीले मेडिकल र मेनपावरलाई संगै राखेर कुरा गरेका थियौ ।
मेनपावरले मेडिकल फेल भएको रिपोर्ट आफुहरुलाइ नदिएको मेडिकलको आरोप छ । पर्फेक्ट मेनपावरका सञ्चालक आइतबार नेपाल आएपछि पिडित ले मेनपावरबाट पाउने क्षतीपुर्ती पनि पाउने भएका छन् ।

Leave Your Comment

Related Post