सिण्डिकेट बिरुद्द सरकार आक्रामक बनेपछि मयुर यातायातले दिने भयो यात्रुलाइ सुबिधा, थानकोट-रत्नपार्क-धुलिखेल/पनौती रुटमा मयुर यातायातले नयाँ २३ वटा बस चलाउने

काठमाडौं । थानकोटमा पनि मयुर यातायातले सिन्डिकेट तोडेर यात्रुलाई राहत दिने भएको छ । थानकोट-रत्नपार्क-धुलिखेल/पनौती रुटमा मयुर यातायातले नयाँ २३ वटा बस  चलाउन तयारी गरेका छन्।

 

रत्नपार्क र रिंगरोडबाट थानकोट जाने रुटमा अहिले माइक्रो व्यवसायीहरुको सिन्डिकेट छ । त्यहाँ साँघुरा फोर्स माइक्रोबसको हालिमुहाली छ । साझा यातायातले केही समयअघि जाने तयारी गर्दा स्थानीय यातायात समितिले बिरोध गरेका थिए ।

अब स्थानीय यातायात समितिको सिन्डिकेट तोड्दै मयुर थानकोट पुग्ने भएको हो । मयुर यातायात प्रालिका अध्यक्ष मोहन श्रेष्ठले २३ मध्ये ६ वटा बस काठमाडौं आइसकेको र एक-दुई दिनमै सबै आइपुग्ने बताए ।

Leave Your Comment