ओली र प्रचण्डबीच आजपनि तिनघण्टा लामो छलफल! एक-अर्काको आशंकाबारे प्रचन्डले खोले मुख

काठमाडौं, बैशाख ७

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डबीच आज पनि वान छु वान बार्ता भएको छ । पार्टी एकता बिथोल्न दुवै नेताका वरपर रहेकै समुह सक्रिय बरिहेको बेला दुई नेताबीच शुक्रवार तीन घण्टा लामो बार्ता भएको हो ।

आजको छलफलमा मुख्यगरी केन्द्रीय कमिटीको संख्या, सांगठानिक अनुपात, एकता महाधिवेशनको कार्यबिधिको बिषयमा केन्द्रित रहेको थियो । ‘मिलाउन बाँकी सवै बिषयमाथि दई अध्यक्षबीच गहन छलफल भएको छ,’ बालुवाटार स्रोतले भन्यो । दुवै नेताले आजको छलफलमा एक अर्कामाथि कायम रहेको आशंका राखेका थिए ।

पहिला आफूहरुबीचको आशंका मेटाउने कुरा गर्नुभयो, बार्ता सौहार्दपुर्ण भयो,’ भेटलगत्तै खुमलटार स्रोतले भन्यो । माओवादी अध्यक्ष दाहालले पनि बार्तालगत्तै बार्ता प्रगतिउन्मुख भएको बताउनु भएको छ । ‘बार्ता सौहार्दपुर्ण रह्यो, कुराकानीलाई भोलि पनि निरन्तरता दिइने छ,’ दाहालले भन्नुभयो ।

‘दुवै पार्टीका कार्यदलले बुझाएको पार्टी एकता सम्बन्धी प्रतिवेदनमाथि आजको छलफल सकिएको छ, आज साृहार्दपुर्ण छलफल भयो, छलफललाई भोलि पनि निरन्तरता दिइने छ,’ भेटपछि दाहालले भने ।

Leave Your Comment