Video: “अध्यक्ष छोड्दैनौ,फिफ्टी-फिफ्टी अडान कस्दैनौ, नेपाली सेनासँग त खतरा मोलेर लड्ने माओवादी एमालेसँग डराउँदैन” माओवादी नेता तथा सांसद देवेन्द्र पौडेल

एकिकृत पार्टीको सहअध्यक्ष भएपनी कार्यकारी अधिकार प्रचण्डले लिएर पार्टी चलाउनु पर्छ। माओवादी नेता तथा सांसद देवेन्द्र पौडेलले माउण्टेन टेलिभिजनको कार्यक्रम खरो प्रश्नमा कुराकानी गर्दै उक्त कुरा बताएका हुन्।

दुई बर्षपछि एकिकृत पार्टीको महाअधिवेशन गरिन सक्ने पौडेल बताउछन्।महाअधिवेशनले गर्ने निर्णय स्विकार गर्ने र पाँच बर्ष सम्म स्थायी सरकारमा तलमाथी नहुने पौडेलको भनाई छ।

प्रचण्डको व्यक्तित्वलाई नजरअन्दाज गरेर पार्टी एकिकरण गरियो भने त्यो कुरा सहज हुँदैन भन्ने एमालेले बुझ्नु जरुरी छ र थुप्रै हण्डर र प्रतिकुलताका वावाजुद पनि पार्टीलाई एउटा प्रणालीमा टिकाएर ल्याउने काम जसरी एमाले वृतका साथीहरुले गरे र विधी र प्रणालीमा टिकाए र माओवादीको लहर चल्दा पनि एमाले पार्टी टिक्यो,त्यो माओवादीले बुझ्नु जरुरी भएको पौडेलको भनाई छ।

पौडेल अगाडि भन्छन् -‘माओवादी पार्टी खतरा मोल्ने पार्टी हो। पृथ्वीनारायण शाहको पालादेखि जग बसेर आएको नेपाली सेनासँग त खतरा मोलेर लडाईमा भाग लियौं,गणतन्त्रको अपिल गर्यौ भने त्यो भन्दा एमालेसँगको एकता आरामदायी छ,किन डराउने ?’

हेर्नुहोस् पौडेलसँगको कुराकानी

Leave Your Comment