Video: नेपाल कम्युनिष्ट पार्टीको ६९ औं स्थापना दिवसमा प्रचण्डको त्यो एउटा उद्घोष जसले जगायो बामगठबन्धन समर्थकमा आशाका किरण, के भनेका थिय प्रचन्डले? हेर्नुहोस भिडियो सहित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता नतोकेको दिन ड्याम्मै घोषणा हुने बताएका छन् ।  पार्टी एकता संयोजन समितिले आइतबार नेपाल कम्युनिष्ट पार्टीको ६९ औं स्थापना दिवसको काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताईरहँदा कार्यकर्ताहरु उत्साहि भएका थिए । उनले अब छिटै नयाँ केन्द्रीय कमिटी बनाउने समेत घोषणा गरेका हुन् ।

अध्यक्ष प्रचण्डले वैचारिक, राजनीतिक, सांगठनिकलगायत विषय निष्कर्षतिर पुर्‍याइसकेको भन्दै दाहालले एकता प्रक्रिया नबिग्रिएको दाबी गरे । उनले सम्ममानजनक ढंगले एकता गर्नुपर्नेमा जोड दिए । प्रचण्डले अघि भने,‘ ‘कसैलाई ह्युमिलेट गर्ने ढंगले होइन कि समानता, सम्मानजनक र न्यायोचित ढंगले एकता हुनुपर्छ।’

आफूहरु प्रतिपक्षी दल नेपाली कांग्रेससँगपनि मिलेर अघि बढ्न तयार रहेको उनको भनाई थियो ।
एमालेले माओवादी केन्द्रका नेता तथा कार्यकर्ताको भावनालाई सम्बोधन गर्नुपर्ने बताउँदै प्रचण्डले अब संयमित भएर अघि बढ्न सुझाव दिए । उनले भने,‘हामी एउटा सिम्पल मान्छेबाहेक अरु केही त होईन नि, जनताले दिएका जिम्मेवारी पूरा गर्नको लागि हामी संकल्पसहित आएका छौं, त्यसैले यो एकतालाई निश्कर्षमा पुर्याएर राष्ट्रिय एकता र समृद्धिको नयाँ दिशातिर लैजानुपर्छ।’

कम्युनिस्ट पार्टीको स्थापना दिवसको कार्यक्रममा  लेनिनको फोटो नभएको भन्दै कार्यकर्ताले विरोध गरेका थिए। कार्यकर्ताको लामो समयसम्मको विरोधपछि दुईवटा व्यानरमा कार्यक्रम संचालन गरिएको थियो ।

Leave Your Comment