ओली र प्रचन्डको एउटै घोषणा: “एमाले-माओवादी एकता हुन्छ-हुन्छ, हामी फुटने र कांग्रेसलाई लाभ हुने काम अव हुन सक्दैन”

काठमाडौं, बैशाख ९

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र माओवादीबीचकोपार्टी एकता नहुनु पर्ने कुनै कारण नरहेको भन्दै भाँडिन्छ कि भन्ने शंका गर्ने नपर्ने उदघोष गर्नुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको दिन पारेर एकता संयोजन समितिले आज आयोजना गरेको संयुक्त कार्यक्रममा  ओलीले पार्टी एकता भएरै छाडने घोषणा गर्नुभएको हो ।

एमालेमाओवादी एकता हुन्छ हुन्छ, हामी फुटने र कांग्रेसलाई लाभ हुने काम अव हुन सक्दैन, अव बिगतमा के के भयो भनेर सेन्टिमेन्टल कुरा गर्दै हामी फुटेर कांग्रेसलाई लाभ दिने भुल हुन सक्दैन,’ प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले भन्नुभयो

उहाँले आफूहरुसँग पार्टी एकता सफल पार्नुबाहेक अर्को विकल्प नभएको बताउनु भयो । ‘एमाले–माओवादी एकता हुन्छ हुन्छ, हामी फुटने र कांग्रेसलाई लाभ हुने काम अव हुन सक्दैन, अव बिगतमा के के भयो भनेर सेन्टिमेन्टल कुरा गर्दै हामी फुटेर कांग्रेसलाई लाभ दिने भुल हुन सक्दैन,’ प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले भन्नुभयो ।

हामीले बजार घुम्न जाँदा देखेर टिपेर ल्याएको होइन । बडो मेहनत गरेर यहाँसम्म ल्याइपुर्‍याएका छौं, हामीले गरेनौं भने होइन । हामीले नगरेको भए हुँदैनथ्यो । कसरी हुन्छ, अव पनि हामी गर्छौं,’

उहाँले एमाले र माओवादी मिलन हुने बिन्दुमा पुगिसकेको ठोकु्वासमेत गर्नुभयो । ‘अव हामी त्यो ठाउँमा पुगिसक्यौं, जुत्ता मिलेन भने खुट्टा ताछतुछ पारेर, ताछेर पनि मिलाउनु पर्छ । यो बाहेक हामी दुवै पार्टीसँग अर्को बाटो छैन,’ ओलीको भनाई थियो ।

हामीले बजार घुम्न जाँदा देखेर टिपेर ल्याएको होइन । बडो मेहनत गरेर यहाँसम्म ल्याइपुर्‍याएका छौं, हामीले गरेनौं भने होइन । हामीले नगरेको भए हुँदैनथ्यो । कसरी हुन्छ, अव पनि हामी गर्छौं,’

आफूअघि धारणा राख्नुभएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले एकताबाट दायाँबायाँ गर्ने बाटो नभएको बताएपछि ओलीले सो भनाइ राख्नुभएको हो । ओलीले आफू र प्रचण्डले नै एकता यो बिन्दुमा पुर्याएको भन्दै अव पनि निचोड दिने घोषणा गर्नुभयो ।

‘हामीले बजार घुम्न जाँदा देखेर टिपेर ल्याएको होइन । बडो मेहनत गरेर यहाँसम्म ल्याइपुर्‍याएका छौं, हामीले गरेनौं भने होइन । हामीले नगरेको भए हुँदैनथ्यो । कसरी हुन्छ, अव पनि हामी गर्छौं,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । ओलीले एकतामा अरु कसैलाई दोष दिएर उम्कन ठाउँ नभएको पनि प्रष्ट पार्नुभयो ।

लेनिनको फोटो नराखेको भन्दै कार्यक्रमको सुरुमा भएको लफडाबारे पनि ओलीले प्रष्ट पार्नुभयो ।  ‘आज पनि अलिकतिमा दाँतमा ढुंगा लागेको छ तर सेन्टिमेन्टल कुराले हाम्रो एकतामा भाँजो आउँदैन, हामी एकताबाट पछि हटन सक्दैनौं,’ ओलीको भनाई थियो ।

Leave Your Comment