प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको निवासमा आज साँझ बम बिस्फोट, यस्तो छ ताजा अवस्था

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको निवासमा आज साँझ बम बिस्फोट भएको छ ।

ललितपुरको हात्तीवनस्थित यादवको निवासमा बम बिस्फोट भएको ललितपुरका एसएसपी गणेश ऐरले जानकारी दिए।

सवा ८ बजेतिर बम विस्फोट भएको र यादवको घरको सिसाहरु फुटेको प्रहरीले जनाएको छ। ‘कसले र किन बम पड्काएको भन्नेबारेमा खुलेको छैन ‘एसएसपी एेरले भने।

यादवकै घरबाहिर अर्को शंकास्पद वस्तु भेटिएको छ। सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ।

Leave Your Comment