राजधानीमै फेरी अर्को एसिड काण्ड! कालिमाटीबाटै एसिड देखाएर दुइ युवतीबाट तिन लाख लुटियो

काठमाडौं, ११ बैशाख

एसिड देखाएर युवातीको तीन लाख लुटिएको छ । काठमाडौं–१३, कालिमाटी चोकमा रहेको क्रिष्टल ईन्टर प्राईजेज (आईएमई सेन्टर) मा दुई कर्मचारीलाई एसिड देखाएर तीन लाख रुपैयाँ लुटिएको प्रहरीले जनाएकोे छ ।

प्रहरीका अनुसार ईन्टरप्राईजेजको काउण्टरमा रहेका कर्मचारी रुबिना कोईराला र अप्सरा थापालाई एसिड भनेर पानीको बोतल देखाएर काउन्टरको पैसा नदिएमा अनुहार विगारिदिने भन्दै नगद लुटपाट गरिएको हो । फरार लुटेरको खोजी र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave Your Comment