दुवै आइजीपी खनालले देखाए बहादुरी, नेतृत्व फेरिएसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै संगठनमा उत्साह

काठमाडौं, ११ वैशाख । नेतृत्व फेरिएसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै संगठनमा उत्साह देखिएको छ । खासगरी दुवै प्रहरीमा लामो समयदेखि रिक्त रहेका पदमा बढुवा प्रक्रिया अघि बढेपछि संगठनमा उत्साह देखिएको हो ।


सर्बेन्द्र खनाल नेपाल प्रहरीको आईजीपी भएको एक हप्तामै एक ७३ जना सइको बढुवा सिफारिस भयो । बढुवामा अचम्म के भयो भने आईजी खनालले आफ्ना मान्छेहरु बढुवा लिष्टमा राखेनन् । किनकि उनी सुरुमै विवादमा पर्न चाहेनन् । सइको बढुवापछि उनी निकट सई मुनेन्द्र थापाले रिसाएर ‘प्रहरी सेवाबाट बिदा लिएको’ भन्दै फेसबुकमा पोष्ट नै गरे । आफ्ना मान्छेलाई चिढाएर भएपनि उनले नेपाल प्रहरीमा सिष्टम बिगार्न चाहेनन् ।
उनले २०६० साल सम्मका सइलाई मात्र बढुवाको मापदण्डमा पारे । अब एक एकैचोटी करिब १५ सय सिपाहीको बढुवाको तयारी भइरहेको छ ।
सशस्त्र प्रहरीमा पनि शैलेन्द्र खनालले ९ वटा पदमा एकैपटक बढुवा प्रक्रिया अघि बढाएका छन् । सशस्त्रमा लामो समयदेखि आईजिपीको चाकडी गरेर लुट मच्चाउदै आएको गिरोह खनाल आएपछि आतंकित बनेका छन् ।
नेपाल प्रहरीमा दर्जनौं पदहरु रिक्त छन् । त्यसमा उनले कति निष्पक्ष मूल्याङकन गर्न सक्छन् त्यसमा उनको वास्तविक परिक्षण हुने छ । त्यस्तै सरुवामा विगतका आईजिपी जस्तै आफु निकटका लागि अवसर दिन्छन् कि क्षमताको आधारमा जिम्मेवारी दिन्छन् त्यो आगामी दिनले नै देखाउने छ ।

Leave Your Comment