नेकपा एमालेका नेता माधव कुमार नेपालको खुलासा “मदन भण्डारीको हत्या भएको हो दुर्घटना होइन”

काठमाडौं । नेकपा एमालेका नेता माधव कुमार नेपालले मदन भण्डारीको दुर्घटनामा मृत्यु भएको नभई हत्या भएको बताएका छन् । भण्डारीको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा रहस्यमय मृत्यु भएको थियो ।


मंगलबार राजधानीको सुविधानगरमा मदन भण्डारी स्मृति वाटिका र शालिक अनावरण कार्यक्रममा नेता नेपालले भण्डारीको हत्या भएको बताएपनि  कसले गर्यो भन्ने बारे भने केहि खुलाएनन् ।

कार्यक्रममा नेपालले काठमाडौंको सडक निर्माणमा ढिलासुस्ती भईरहेको भन्दै सरकारको गम्भिर ध्यानाकर्षण गराए। उनले मुलुकको आर्थिक विकास गर्ने सरकारको संकल्प प्रशंनीय भएपनि काठमाडौंको सडक निर्माणमा भईरहेको ढिलाई सबैको टाउको दुखाईको विषयमा बन्ने गरेको पनि स्मरण गराए।

कडा निगरानीका साथ सडक निर्माणको काममा तीव्रता दिन नेता नेपालको सरकारलाई सुझाव छ । वरिष्ठ नेता नेपालले वर्तमान सरकारले मुलुकमा भ्रष्टाचार हुन नदिने विश्वास व्यक्त गरे।

Leave Your Comment