Video: औषधि खुवाएर होटलमा यौन सम्पर्क गरेको भिडियो खिचेर थालियो यसरि ब्लाकमेल गर्न, पोर्चुगलमा बसेर पोर्न स्टार बनाईदिन्छु भन्दै एक परिवारको उठिवास ! हेर्नुहोस आजको सिधाकुरा जनतासँग

अछाममा रक्सी पिएका वडा अध्यक्षद्वारा स्थानीय कुटिएपछि….

अछाम । अछामको ढकारी गाँउपालिका ४ का वडा अध्यक्ष भतm बुढाले स्थानीय वीर बहादुर थापालाई निर्घात कुटपिट गरेका छन् ।

 

स्थानीय बिद्यालय निमार्णमा मजदुरी गरेर फर्किदै गर्दा वडा अध्यक्ष बुढासहित उनका सहयोगी पदम बुढाले मदिरा सेवन गरेर आफुमाथि आक्रमण गरेको उनको पीडित बताउछन् ।

अहिले जिल्ला अस्पतालमा उपचार गराईरहेका वीर बहादुरको आँखा, नाक, मुख र बिभिन्न शरीरका विभिन्न ठाउँमा चोट लागेको छ ।

घट्नाबारे बुझ्न जिल्ला प्रहरी कार्यालय अछामको टोलि बलाता पुगे पनि वडा अध्यक्ष नभेटिएको भन्दै फर्किएको जनाएको छ ।

पीडितका दाजु कृष्ण थापाले घटनाको विस्तृत छानविन गरी दोषीलाई कानुनी कारवाही गर्न माग गरेका छन् ।

‘बिश्रामपुर गाँउपालिका’को कर्मचारीले कमिशन नलिई काम गर्नै मान्दैनन्

बारा । बाराको बिश्रामपुर गाँउपालिका कर्मचारीले कमिशन बिना कामै नगर्ने भएपछि काम गर्न समस्या भएको गाँउपालिका अध्यक्ष अमिरलाल पालले गुनासो गरेका छन् ।

 

गाँउको स्वास्थ्य चौकीमा अत्यवाश्यक औषधि खरीदका लागि गाँउपालिका अध्यक्ष सहितले ६ महिना अघि नै निर्णय गरेको भएपनि कर्मचारीले कमीशन मागेकै कारण अहिलेसम्म औषधि खरीद गर्न नसकिएको अध्यक्षको आरोप छ ।

 

यति मात्रै होइन कार्यालयमा लेखापाल महिनामा ४/५ दिन मात्रै आउने गरेकोले विकासका कामको भुक्तानी गर्न नसकीएको दुखेसो पोखेका छन् । सिंगो गाँउपालिका भर १ जना मात्रै सचिव छन्, उनले समेत कमिशन बिना काम नगर्ने भएपछि गाँउगाँउमा बाटो ढलान तथा नाला बनाउने काम समेत प्रभावित पर्ने गरेको छन् ।

बल्लबल्ल गाँउपालिकामा हाजिर हुने कर्मचारीलाई कामको बिषयमा गुनासो गरे कार्यालय नै नजाने गरेपछि थप समस्या सिर्जना हुने गरेको छ ।

सरकारले गाँउपालिका अध्यक्षहरुलाइ समीति स्रोतसाधन र कागजी अधिकारकै भरमा सिंहदरबारको आशा देखाएकाले काममा समस्याका भएको उनको भनाइ ।

बाराको बिश्रामपुर गाँउपालिकाका अध्यक्ष अमिरलाल पालको यो गुनासो एक प्रतिनीधि घटना मात्रै हो । स्थानीय निकायका जनप्रतिनीधि र कर्मचारीको मेल नमील्दा सर्वसाधारण रनभुल्ल छन् ।

Leave Your Comment