डा.उपेन्द्र देवकोटाकी छोरीलार्इ अपहरण गरेको आरोपमा राजु थापालाई १७ बर्ष कैद र २६ लाख जरिवानाको फैसला

काठमाडौं, १३ वैशाख । उच्च अदालत पाटनले पूर्वमन्त्री एवम् डा.उपेन्द्र देवकोटाकी छोरीलार्इ अपहरण गरेको आरोपमा राजु थापालाई १७ वर्ष कैद र २६ लाख २३ हजार ५१९ रुपैंया जरिवानाको फैसला सुनाएको छ ।

विनोदमोहन आचार्य र कृष्णबहादुर थापाको इजलासले २०७१ साल असार ३१ गते जिल्ला अदालत काठमाडौंको फैसलालाई केही फेरबदल गरेको हो ।

जिल्ला अदालतले थापालाई ११ वर्ष कैद र एक लाख ७५ हजार रुपैंया जरिवाना गरेको थियो । प्रहरी अनुसन्धान अनुसार, थापा अपहरणको मुख्य आरोपित थिए ।

थापालार्इ उच्च अदालतले अपहरणमा ११ वर्ष र डाकातर्फको आरोपमा थप ६ वर्ष कैद फैसला गरेको छ । जिल्ला अदालतले डाकाको आरोपमा थापाले सफाई पाउने ठहर गरेको थियो । जिल्ला अदालतको फैसलापछि आरोपित राजु थापाले कुनै पुनरावेदन गरेका थिएनन् ।

२०६५ साल साउन १९ गते बिहान ३ बजे देवकोटाकी छोरी मेघा देवकोटाको अपहरण भएको थियो ।

Leave Your Comment