सुनकाण्डमा पक्राउ परेका प्रहरी अधिकृतहरु लाइ कारबाही शुरु, तीन प्रहरी अधिकृतलाई संगठित अपराध र कर्तब्य ज्यान मुद्दा दायर

काठमाडौं, १३ वैशाख– साढे ३३ केजी सुन प्रकरणमा मुछिएका तीन प्रहरी अधिकारीलाई बिहीबार जिल्ला अदालत, मोरङ पेश गरिएको छ । प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल, सई बालकृष्ण सञ्जेल र गजेन्द्र रावललाई म्याद थप गर्नका लागि जिल्ला अदालत, मोरङ लगिएको हो ।

तीनै जनामाथि संगठित अपराध र कर्तव्य ज्यान मुद्दामा म्याद थप गरिएको हो । अनुसन्धान टोलीले उनीहरुको साढे ३३ केजी सुनका मालिक गोरे भनिने चुडामणि उप्रेतीसँग शंकास्पद सम्बन्ध भएको निष्कर्ष निकालेको छ । उनीहरुलाई छानबिन समितिले बयानपछि नियन्त्रणमा लिएको थियो ।

यसअघि गत आइतबार नेपाल प्रहरीका पूर्व डिआईजी गोविन्द निरौलालाई पनि बयानपछि समितिले नियन्त्रणमा लिएको थियो । उनीमाथि पनि संगठित अपराध र कर्तव्य ज्यान अन्तरगत मुद्दा चलाइएको छ ।

गत ७ माघमा यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको थियो । घटनालाई लुकाउन प्रहरीले भूमिका खेलेको आरोप छ ।

घटनामा संलग्न हालसम्म २२ जना पक्राउ परिसकेका छन् भने २१ जना फरार छन् ।

Leave Your Comment