प्रधानमन्त्रीको निर्देशनमा स्वास्थ्य राज्यमन्त्री अर्यालको जनहितमा बोल्ड निर्णय! अब निजि अस्पताल र मेडिकलमा उपचार र औषधि मुल्यसुची अनिवार्य

काठमाडौं, बैशाख २७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणलाई ढाड सेक्ने गरी आफूखुसी शुल्क लिँदै आएका निजी अस्पतालको शुल्क निर्धारणसहित मुल्य सूची टाँस गर्नैपर्ने ब्यवस्था गर्न लागेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसार स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्यालले यस्तो निर्णय लिएकी हुन । राज्यमन्त्री अर्यालले बिरामीको स्वास्थ्य परीक्षणलगायत हरेक उपचार र परीक्षणको शुल्क निर्धारण गरी सूचना टाँस गराउनका लागि सम्बन्धित पक्षसँग परामर्श अघि बढाइएको छ ।

स्वास्थ्य मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओली आफैले राखेर कामको जिम्मा राज्यमन्त्री अर्याललाई सुम्पिएका छन । प्रधानमन्त्री ओलीलाई जानकारी गराएर राज्यमन्त्री अर्यालले निजी अस्पताल र मेडिकलको ब्रम्हलुट रोक्न यस्तो कदम चालेकी हुन ।

‘निजी अस्पतालले लिने शुल्क निर्धारण गर्छ र कुन सेवाका लागि कति शुल्क लाग्ने हो रु सेवाग्राहीले थाहा पाउने गरी पारदर्शीरूपमा टाँस्नुपर्छ,’ अर्यालले भनिन्, ‘निजी अस्पतालले विपन्नता भएका १० प्रतिशत बिरामीलाई निःशुल्क उपचार गर्नै पर्ने व्यवस्थाको समेत कडाइका साथ कार्यान्वयन गरिनेछ, मन्त्रालयले कार्यान्वयन भए-नभएको अनुमगनका लागि विशेष संयन्त्र बनाउँछ ।’

स्वास्थ्य बिमा अनिवार्य

स्वास्थ्य बिमालाई अनिवार्य गराई सम्पन्नबाट लिने, कमजोरलाई छुट दिने र नसक्ने विपन्नलाई पूरै निःशुल्कको नीति अख्तियार गरेको मन्त्री अर्यालको भनाइ छ । ७७ ओटै जिल्लामा स्वास्थ्य बिमालाई अनिवार्य गराई विपन्नलाई राहत हुने गरी काम अघि बढेको मन्त्री अर्यालले बताइन् ।

जनताटाइम्स बाट

Leave Your Comment