अन्ततः मोदीले मुक्तिनाथका पुजारीसंग गरे आशु झार्दै आफु पहिला नै मुक्तिनाथ आएको खुलासा

काठमाडौं ,३० वैशाख ।

मुक्तिनाथमा पूजाका लागि जाने क्रममा कसैसँग प्रतिक्रिया नदिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिरभित्र पूजा गर्ने क्रममा भने पुजारीसँग आफू युवा अवस्थामा नै मुक्तिनाथ आएको खुलासा गरे, आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छापिएको छ ।

मन्दिरको मूर्तिभन्दा तल रहेको ुगर्भगृहुका बारेमा पुजारी कृष्णप्रसाद सुवेदीले वर्णन गर्ने बेला  मोदीले उल्टै पुजारीलाई आफू त्यहाँ आउँदा देखेको कुरा वर्णन गरिदिएका हुन् ।

मोदीले पूजा पछि आशिर्वाद लिने क्रममा आँशु समेत झारेको खुलासा पुजारी सुवेदीले गरेका छन् ।  पुजारीले आफ्ना मनोकांक्षाहरु भए भगवानसँग माग्नुस्  भन्दा मोदीले आँशु झारेका थिए ।

Leave Your Comment