यसरी हुने भयो बिहिबार एमाले-माओवादी एकता, चुनाव चिन्ह सुर्य नै, यस्तो छ अध्यक्ष र केन्द्रिय समितिको भागवण्डा

काठमाडौं ।
नेकपा एमालेको आज बसेको स्थायी समितिको बैठकले भोलि बिहिवार पार्टी एकताको घोषणा गर्ने निर्णय गरेको छ ।
बैठकपछि एमालेका उपाध्याक्ष वामदेव गौतमले दिएको जानकारी अनुसार भोलि बस्ने केन्द्रीय समितिको बैठकबाट अनुमोदन गरी पार्टी एकता घोषणा गरिनेछ ।

दुई पार्टीका अध्यक्षबीच अब बन्ने पार्टीमा ४४१ सदस्यीय केन्द्रीय समिति बनाउने सहमति भएको छ, जसमा २४१ एमालेबाट र २०० माओवादी केन्द्रबाट रहनेछन्। यसरी नै ४३ सदस्यीय स्थायी समिति बनाउने सहमति भएको अध्यक्ष ओलीले बैठकलाई जानकारी गराएका थिए।

स्थायी समितिमा २५ जना एमालेबाट र १८ जना माओवादी केन्द्रबाट रहनेछन्। यसरी नै महाधिवेशनसम्म दुवै अध्यक्ष कायम रहने सहमति भएको समेत उनले जानकारी दिए। विवादमा रहेको चुनाव चिह्नबारे भने एमाले सचिव एवम प्रचार विभाग प्रमुख योगेश भट्टराईले सूर्य नै हुने संकेत गरे। उनले भने, ुचुनाव चिह्नचाहिँ तपाईंहरूले अनुमान गरेकै हुन्छ।

Leave Your Comment