अन्ततः माओवादी केन्द्रले लियो सहासिक निर्णय, पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकले गर्यो बिहिबार एमालेसँग पार्टी एकीकरण गर्ने निर्णय

काठमाडौं, २ जेठ

नेकपा माओवादी केन्द्रले भोलि बिहीबार नेकपा एमालेसँग पार्टी एकता गर्ने साहसीक निर्णय गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आज साँझ बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमालेसँग पार्टी एकीकरण गर्ने निर्णय गरेको हो ।

माओवादी प्रवक्ता पम्फा भुसालका अनुसार पार्टी एकता संयोजन समितिको बैठक बसेर बिहीबार पार्टी एकता गर्ने निर्णय भएको हो । पार्टी एकता गर्ने विषयमा अध्यक्षले राखेको प्रस्तावलाई बैठकले पारित गरेको प्रवक्ता भुसालले बताउनुभयो ।

Leave Your Comment