बिहिबार ४ बजे पार्टी एकता घोषणा, बाहिरियो पार्टी एकता संयोजन समितीको बिहीबारको कार्यसूची

काठमाडौं, २ जेठ

एमाले र माओवादीबीच भोली ४ बजे पार्टी एकताको घोषणा हुने भएको छ । पार्टी एकता संयोजक समितिको भोलीको कार्यक्रमको कार्यसुचीअनुसार भोली ४ बजे पार्टी एकता घोषणा हुने भएको हो ।

भोलीको लागि यस्तो कार्यसूची :

१. विहान ८ बजे मदन स्मृति दिवस मनाउने ।

२. १० बजे पार्टी एकता संयोजन समितिको बैठक बस्ने ।

३. ११ बजे एमालेको केन्द्रीय समितिको बैठक बस्ने ।

४. १ बजे माओवादी केन्द्रीय कार्यलय बैठक बस्ने ।

५. २ बजे सकेसम्म एकीकृत पार्टी दर्ताका लागि निर्वाचन आयोग जाने ।

६. ४ बजे पत्रकार सम्मेलन गरेर एकताको घोषणा गर्ने ।

स्रोत पार्टी एकता संयोजन समिती

Leave Your Comment