मन्त्र ब्याण्ड र प्रिती आलेको उपस्थितमा इजरायलमा हुने भनिएको लाइभ कन्सर्ट तत्कालका लागि स्थगित, के भन्छन आयोजक र मन्त्र ब्याण्ड? हेर्नुहोस भिडियो

३ जेठ । गोर्खा एशोसियसन इजरायलले आउदो  शुक्रबार अर्थात मे १८ मा नेपालको चर्चित सांगितीक समूह मन्त्र ब्याण्डको लाइभ कन्सर्टका साथै गायिका प्रिती आले मगरको उपस्थितमा आयोजना गर्ने भनिएको कार्यक्रम स्थगित भएकोमा सम्पुर्ण इजरायलवासी नेपाली दाजुभाई तथा दिदीबहीनीहरुमा क्षमा मागेको हो ।

आयोजक इजरायल गाेर्खा एसाेसिएसनले बुधबार फेसबुक लाइभ गर्दै उक्त कुराको जानकारी गराएको हो । एसाेसिएसनका अध्यक्ष किशोर चौहानकाले केहि प्राविधिक समस्याले कार्यक्रमलाई तत्काल स्थगित गर्नुपरेकोले सम्पूर्णमा माफी माग्दै आउदो जुन महिनामा कार्यक्रम गरिने बताउदै टिकट लिनु भएको सम्पूर्णलाई टिकट राख्न हुन र सोहि टिकट प्रयोग हुने बताएका छन् ।

आयोजकले नचाँहदा–नचाहँदा पनि मन्त्र ब्याण्डलाई ल्याउन असमर्थ भएकोले समस्यालाई बुझिदिन अनुरोध गर्दै उनले भने–‘कार्यक्रम स्थगितसँगै यहाँहरु सम्पूर्णमा पर्न गएको असुविधाको लागी क्षमाप्रार्थी छौं, यही व्याण्डलाई तपाईहरुमाझ अर्को महिना ल्याएर सांगीतिक साँझ भव्य रुपमा मनाउने प्रण गर्दछौं । त्यतिन्जेलसम्मको लागी तपाईहरुको यो साथ यो माया र यो हौसला सधै हामीलाई दिनुहोला ।’

इजरायल गाेर्खा एसाेसिएसनको मुख्य आयोजनामा यहि मे १८ तारिख शुक्रबार तेलअभिवमामा भव्य साँगितिक साँझकाे अायाेजना गरेको थियो भने उक्त कार्यक्रमबाट सँकलित रकमलार्इ विभिन्न क्षेत्रमा अापत र अावश्कता परेकाे स्थानमा अार्थिक तथा भाैतिक सामग्री हस्तान्तरण गर्न च्यारिटी साँगितिक साँझ २०७५ नामाकरण गरी कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएको छ ।

watch more Video HERE

Leave Your Comment