“मदन-आश्रित स्मृति दिवसकै अवसर पारेर पार्टी एकता हुनु गौरबको बिषय, आजको दिन हाम्रा लागि ऐतिहासिक दिन” प्रचण्ड

काठमाडौं, जेठ ३

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मदन भण्डारी स्मृति दिवसकै अवसर पारेर पार्टी एकताको प्रस्ताव आफुले गरेको बताएका छन् । मदन आश्रित स्मृति दिवसका अवसरमा एमालेले बल्खुमा गरेको कार्यक्रममा उहाले आजको दिन हाम्रा लागि ऐतिहासिक दिन भएको बताउनु भएको हो ।

‘मलाई गर्ब छ, आज नै हामी नेपाली कम्युनिष्ट आन्दोलनको ऐतिहासिक मोडमा प्रवेश गर्दैछौं । आज नै त्यो दिन बनाउनु पर्छ जुन दिन मदन भण्डारीको अवसान भएको थियो ।’ निक्कै छोटो मन्तव्य राखेका अध्यक्ष दाहालले भने,‘त्यसैले आज नै गर्नुपर्छ भनेर प्रस्ताव राख्ने अवसर मलाई प्राप्त भएको हो । हिजोको वार्तामा मैले नै अब ढिलो गर्नु हुदैन, समग्र राजनीतिक घटनाक्रमको दृष्टिकोणले पनि भोलीको दिन कमरेड मदन भण्डारीको अवसान भएको दिन त्यसै दिन पार्टी एकताको घोषणा गर्नुपर्दछ भनेर भनेको थिए ।’

उहाले अब इतिहास नयाँ ढंगले निर्माण हुने समेत बताउनु भयो । ‘नया आधारमा नया एकताका रुपमा हामीले आज एउटा नया प्रक्रियाको शुरुवात गर्दैछौं । यो नै मदन र जिवराज आश्रितप्रति निक्कै ठुलो श्रद्धा र सम्मान प्रकट गरिएको परिघटना हो ।’

Leave Your Comment