एमाले-माओवादी एकता पछी पार्टी केन्द्रिय कार्यालय परिसडाँडा कि धुम्बाराही? आयो यस्तो निर्णय

काठमाडौं, ३ जेठ

नेपाल कम्युनिष्ट पार्टीको मूल कार्यालय नेकपा माओवादीको परिसडाँडामा रहँदै आएको केन्द्रीय कार्यालयमा रहने भएको छ । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि मूल कार्यालय हाल माओवादी केन्द्रको पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडालाई रहने भएको स्रोतले बतायो ।

उता एमालेको केन्द्रीय कार्यालय रहँदै आएको धुम्बाराहीमा भने सहायक कार्यालय रहन प्रारम्भिक सहमति भएको स्रोतको भनाइ छ । स्रोतका अनुसार पेरिसडाँडामा केपी ओलीको लागि नयाँ कुर्सीको व्यवस्था गरिनेछ भने धुम्बाराहीमा प्रचण्डको लागि नयाँ कुर्सीको व्यवस्था गरिनेछ ।

Leave Your Comment