एकीकृत पार्टीका ९ शिर्ष नेताका तोकियो बरियता, शिर्ष स्थानमा ओली, महासचिव बिष्णु पौडेल प्रवक्तामा नारायणकाजी [सुची सहित]

एमाले र माओवादी केन्द्रको औपचारिक एकतापछि आज गठन हुँदै गरेको एकीकृत कम्युनिष्ट पार्टीले शीर्ष ९ नेता रहने गरी ‘केन्द्रीय कार्यालय’ गठन गरेको छ।

सो केन्द्रीय कार्यालयमा रहने ९ नेताको नाम र उनीहरूको वरीयता पनि टुंगो लागेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली सो वरीयताको शीर्ष स्थानमा छन्। दोस्रो वरीयतामा पुष्पकमल दाहाल रहनेछन्। त्यसैगरी तेस्रोमा माधवकुमार नेपाल, चौथोमा झलनाथ खनाल, पाँचौमा वामदेव गौतम, छैठौंमा नारायणकाजी श्रेष्ठ, सातौंमा ईश्वर पोखरेल, आठौंमा रामबहादुर थापा र नवौं स्थानमा बिष्णु पौडेल छन्।

बिष्णु पौडेललाई पार्टीको महासचिव र नारायणकाजी श्रेष्ठलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिने भएको छ।

Leave Your Comment