“एकीकरण जोगाउछु” भन्दै यसरी लिए नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यहरुले सपथ[सपथ पत्र सहित]

काठमाडौं, ३ जेठ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता आजै घोषणा हुँदैछ । अहिले प्रधानमन्त्री निवास बालुवाटारमा एकीकृत पार्टीका केन्द्रिय सदस्यहरुलाई सपथग्रहण गराउने काम भैरहेको छ ।

यस्तो छ शपथको ढाँचा

म……. नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी लिइरहेको यस महत्वपूर्ण घडीमा सहिदको रगतद्वारा रञ्जित पार्टीको झण्डा सामु उभिएर प्रतिज्ञा गर्दछुः

म पार्टीको मागदर्शक सिद्धान्त, कार्यक्रम र नीतिलाई दृढता साथ अनुशरण गर्दै पार्टी विधानलाई इमान्दारिताका साथ पालना गर्नेछु । पार्टीको गोपनीयता तथा एकता जोगाउँदै स्वच्छ एवम् नैतिक आचरणयुक्त जीवन विताउने छु र सबैखाले प्रतिक्रियावादी शक्ति गलत विचार र गलत व्यवहारका विरुद्ध दृढतापूर्वक जुझिरहनेछु ।

नेपाली क्रान्ति-जिन्दावाद
माक्सवाद लेनिनवाद- जिन्दावाद

Leave Your Comment