एमाले र माओवादी केन्द्र मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ बनेको घोषणा गर्दा प्रचण्ड किन बने यस्तो भावुक?

काठमाडौ – एमाले र माओवादी केन्द्रले मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ बनेको घोषणा गर्दा भने प्रचण्ड निकै भावुक बने । पुनर्गठित पार्टीका दुईअध्यक्ष मध्येका एक प्रचण्डले सम्बोधन गर्ने क्रममा पटक पटक उनको गला अवरुद्ध भयो ।

एकता सभालाई सम्बोधन गर्ने क्रममा आफूलाई शब्दको दुःख भएको प्रचण्डले बताए ।

आफूले कमजोरी गर्दा देश र जनताले दुःख पाउने र राम्रो निर्णय गर्दा देश अघि बढ्ने गरेको स्मरण गर्दै उनले एमाले र माओवादीको एकता ‘महान छलाङ’ भएको बताए ।

प्रचण्डले अहिले नेताहरु सांसद र मन्त्री बन्न प्रतिस्पर्धा गर्ने गरेको बताएका छन् । नेकपाको एकता घोषणासभा सम्बोधन गर्दै प्रचण्डले भने ‘पहिला पहिला नेताहरु मर्ने लडाइँमा म पहिला जान पाउ भनेर प्रतिस्पर्धा हुन्थ्यो तर अहिले सांसद, मन्त्री, प्रधानमन्त्री हुनु पर्यो भनेर प्रतिस्पर्धा हुने गरेको छ ।’ यति भनिरहँदा प्रचण्डको गला अबरूद्द भएर भक्कानिएका थिए ।

प्रचण्डले अब देशमा नयाँ सुगको सुरुवात भएको बताएका छन् । आफूहरुको उद्देश्य जनतालाई खुसी र राष्ट्रलाई सुदृद्ध बनाउने रहेको भन्दै भविष्यमा सामाजिक न्यायसहितको आर्थिक समद्धिद्वारा देशलाई समाजवादतर्फ लैजाने भएको पनि बताए । अस्थिरता र अराजकताको युग समाप्त भई आर्थिक समृद्धिको युग सुरुवात भएको पनि बताए ।

पार्टी एकता हुँदै गर्दा कसरी एकतालाई अभिव्यक्त गर्ने भन्नेमा शब्दको दुख भइरहेको बताउँदै प्रचण्डले विश्वलाई नै स्थिरता, विकास र सुशासनको सन्देश दिन एकता अर्थपूर्ण र बहुआयामिक भएको बताए ।

उनले आम जनभावनाअनुसार एमाले र माओवादी एकजुट भएको पनि बताए । जननेता मदन भण्डारीले कम्युनिष्ट आन्दोलनमा दिएको योगदानको स्मरण गर्दै उनकै स्मृति दिवसका दिन एकता घोषणा गरिएको पनि उनको भनाई थियो ।

उनले अस्थिरता र अराजकताको युग समाप्त भई आर्थिक समृद्धिको युग शुरुवात भएको बताए । गएको चुनाब ताका आफूले बाँकी जीवन सम्बृद्ध नेपाल र सुखी नेपाली बनाउन खर्चिने बताएको स्मरण गर्दै त्यो बाचा पूरा गर्ने प्रतिवद्धता जनाए ।

पार्टी एकता हुँदै गर्दा कसरी एकतालाई अभिव्यक्त गर्ने भन्नेमा शब्दको दुख भइरहेको बताउँदै प्रचण्डले विश्वलाई नै स्थिरता, विकास र सुशासनको सन्देश दिन एकता अर्थपूर्ण र बहुआयामिक भएको बताए ।

उनले आम जनभावनाअनुसार एमाले र माओवादी एकजुट भएको पनि बताए । जननेता मदन भण्डारीले कम्युनिष्ट आन्दोलनमा दिएको योगदानको स्मरण गर्दै उनकै स्मृति दिवसका दिन एकता घोषणा गरिएको पनि उनको भनाई थियो ।

विगतमा कपिपयले पार्टी एकताको विषयमा आशंका व्यक्त गरेको स्मरण गर्दै प्रचण्डले ती आशंकालाई अहिलेको अवस्थासम्म आइपुगेको पनि प्रचण्डले बताए ।

प्रचण्डले एकताका लागि पछाडि फर्किने पुल भत्काएर आएको पनि सो क्रममा बताए । उनले एकतामा साथ दिने आम कार्यकर्तालाई बधाई दिँदै आफूहरुको संकल्प पूरा भएको पनि बताए ।

Leave Your Comment