कांग्रेस सभापति शेरबहादुर देउवा माथी अर्थमन्त्री खतिवडाकाे प्रहार “अंकगणित नबुझ्नेहरुले बजेटलाई हावादारी भने”

काठमाडौं, जेठ १८

अर्थमन्त्री युवराज खतिवडाले बजेटको अंकगणित नबुझ्नेहरुले बजेटलाई हावादारी भनेको संज्ञा दिएका छन । बजेटलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले बजेटलाई हावादारी भनेका थिए ।

बजेटमाथि आएको प्रतिक्रियालाई केही समय हेरेका अर्थमन्त्री खतिवडाले हावादारीको आरोपको खण्डन गरे । हावादारी भन्नेलाई अर्थमन्त्रीको जवाफ यस्तो छ :

अलिक अंकगणित नबुझेर पनि अलमलमा पर्छौं हामी । बजेट भनेको अंकगणितको पनि खेल हो । अर्थराजनीतिक दस्ताबेज त हो नै । एक रुपैयाँ पनि घटबढ हुनुहुन्न । बजेटका लक्ष प्राप्त हुन्छ । त्यसकारण यो बजेट नबुझ्नेका लागिचाहिँ हावादारी नै हो । राजस्वको अधिक सीमासम्म हामी गयौँ, आन्तरिक ऋणको अधिकतम सीमासम्म हामी गयौँ । विदेशी सहायता परिचालन गर्ने सीमासम्म गयौँ ।

योभन्दा ठूलो आकारको बजेट चाहिन्थ्यो भन्यो भनेचाहिँ हावादारी हुन्छ । स्रोतले सुनिश्चितता नदिएको बजेट मात्रै हावादारी हुन्छ । स्रोतले सुनिश्चित गरेको बजेट हावादारी हुन्न । त्यसैले, अहिले जसले अर्थशास्त्रको बजेटको प्रक्रिया बुझ्नुभएको छ, उहाँहरूले हावादारी भन्नुभएको छैन । जसले अंकगणित बुझ्नुभएको छैन, उहाँहरूले हावादारी भन्नुभएको छ ।

Leave Your Comment