पाल्पा दुर्घट्नामा मृत्यू हुने काे संख्या १२ पुग्याे, मृतक हरूकाे नामावली सहित

काठमाडौं/पाल्पा ।
पाल्पा एक सहकारी संस्थाबाट भ्रमणमा निस्केको टोली पाल्पामा दुर्घट्नामा परेको छ । भ्रमणमा रहेको टोली सवार बस दुर्घटना हुँदा पाल्पा नगरपालिका वडा नं ४ र ६ का १२ जनाको निधन भएको स्थानीय प्रहरीले जनाएको छ ।


घटनाको उद्धारमा खटिएका प्रहरी निरिक्षक अमृत भण्डारीले दिएको जानकारी अनुसार घटनामा १५ भन्दा बढि घाइते छन् । पाल्पाको तानसेनबाट पाल्पाकै रामपुर जाँदै गरेको बस शुक्रबार विहान दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको हो । घाइतेको स्थानीय अस्पतालमा भइरहेको छ ।

यात्रुले भरिएको लु २ ख ९७५ नम्बरको बस शुक्रबार बिहान जिल्लाको रम्भा गाउँपालिका–४मा पुगेपछि होमिनमा सडकबाट खसेर दुर्घटनाग्रस्त भएको स्थानीयबासीले जनाएका छन् ।
मृतकहरु पाल्पा नगरपालिका वडा ६ र ४ का अधिकांश बज्रचार्य र शाक्य परिवार छन् । पाल्पा नगरपालिका वडा नं ६ मा रहेको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाबाट २७ जनाको टोली भ्रमणमा गएको थियो ।

मृत्यु भएकाहरुको नामावली ।
१. विष्णुमान बज्राचार्य
२. देवेन्द्रलाल प्रधान
३. कृष्णमान बज्राचार्य
४. छत्रमान शाक्य
५. सुशिल श्रेष्ठ
६. कृष्ण बहादुर बोहरा
७. दुर्गा सारु
८. लोकनाथ ढकाल
९. बसन्ती खाँड
१०. दीपक बुढाथोकी,
११. मिशन अस्पतालमा निधन सचिन बज्राचार्य,
१२. लुम्बिनी मेडिकलमा निधन कमला कार्की

Leave Your Comment