प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा उपेन्द्र यादव सहित थपिए दुई उपप्रधानमन्त्री, राज्यमन्त्री गोकुल बास्कोटा बने सञ्चार तथा सूचना प्रविधि  मन्त्री

काठमाडौं , १८ जेठ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा दुई उपप्रधानमन्त्री थपिएका छन् ।

रक्षामन्त्री ईश्वर पोखरेलको उपप्रधानमन्त्रीमा बढुवा भएको छन भने फोरम अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवं स्वास्थ्यमन्त्री बनेका छन् । दुबैले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आजै सपथ लिएका छन् ।

राज्यमन्त्री गोकुल बास्कोटा सञ्चार तथा सूचना प्रविधि  मन्त्रीको जिम्मेवारी पाएका छन । बास्कोटा  मन्त्रिपरिषद्मा सहभागी हुन पाउने गरी सञ्चार राज्यमन्त्री थिए । संघीय समाजवादी फोरमलाई मन्त्रिपरिषदमा सामेल गराउने क्रममा ओलीले बाँस्कोटालाई मन्त्री बनाएका हुन्। फोरमबाट मन्त्री बनेका मोहम्मद इस्तियाक राईसँगै राष्ट्रपति विद्यादेवी भण्डारीबाट बास्कोटाले सपथ लिएका छन्।

राज्यमन्त्री भएपनि बास्कोटाले मन्त्रिपरिषद् बैठकमा सहभागिता जनाउँदै आएका थिए। उनलाई सरकारले सेनाको सुरक्षा समेत दिएको थियो।

Leave Your Comment