आज पनि देशभरी बर्षा, बाढी पहिरोबाट सजक भएर बस्नन सबैलाई आग्रह

 

काठमाडौं, ३ भदौ । काठमाडौं  । आज देशभरी बर्षा हुने भएको छ । तराईका जिल्लामा फेरि बाढी आउने सम्भावना रहेकाले सजक रहन जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज शनिबार देशैभर हल्का बर्षा हुने भएको छ ।

शनिबार देशभर सामान्य वर्षा हुन सक्ने महाशाखाका मौसमविद् शान्ति कँडेलले बताइन् । ‘यस्तो खालको वर्षा कतै धेरै कतै थोरैखालको हुन्छ । सामान्य बर्षा हुँदा पनि बाढी आउने सम्भावना हुन्छ तर खतरा छैन उनले भनिन । तर, सजग भने भइरहनु पर्नेछ । बंगलको खाडीबाट सामान्य जलवाष्प आएकाले हल्का वर्षा मात्र हुने देखिएको उनले स्पष्ट पारिन् ।

Leave Your Comment