यसकारण विमान विराटनगर विमानस्थलमा अवतरण गर्न नसकेर भद्रपुर विमानस्थल पुग्यो

विराटनगर, भदौ ३ – यति एयरलाइन्सको विमान विराटनगर विमानस्थलमा अवतरण गर्न नसकेर भद्रपुर विमानस्थल पुगेको छ । विमान अवतरण गर्ने क्रममा एक्कासी पानी परेपछि भिजिबिलिटी नपुगेर आकाशमा ५ मिनेट होल्ड गरेर भद्रपुर पठाइएको हो ।

विमान अवतरणको लागि आवश्यक पर्ने ५ किलोमिटर भिएफआर नभएपछि जहाज अवतरणमा समस्या आएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । भद्रपुर विमानस्लथमा अवतरण भएको विमान १० मिनेटमा पानी रोकिएपछि पुनः विराटनगर विमानस्थलमा ल्याइएको यति एयरलाइन्सका स्टेशन म्यानेजर प्रेम कुँवरले जानकारी दिनुभयो ।

विमानस्थलको समस्या भन्दा पनि पानी पर्ने समयमा आवश्यक पर्ने भिजिबिलिटी नपुग्दा जहाजलाई अन्यत्रै अवतरण गराउनु परेको उहाँको भनाई छ । एक हप्तासम्म अवरुद्ध भएको विराटनगर विमानस्थल शनिबार बिहानदेखि सञ्चालनमा आएको हो । काठमाडौंपछि ब्यस्त र ब्यवस्थित विमानस्थल सञ्चालनमा आएपछि यात्रुको चाप बढेको छ।

Leave Your Comment