नेल्सन मण्डेला, माओ वा फिडेलको

नेल्सन मण्डेला, माओ वा फिडेलको पुरानो कथा मात्रै होइन आज पनि उही प्रसङ्ग हो । अमेरिकी राष्ट्रपति बाराक ओबामा नाम धेरैले कण्ठ गरेको छन्, तर उनको पार्टीको बारेमा कमैले पढेका छन् । अपवाद बाहेक पार्टीले होइन पार्टीलाई नेताले दौडाएका हुन्छन् । इतिहासको रथ कुनै पार्टी झन्डा भन्दा बढी, पार्टीका नेताले डण्डाले हाँकेका छन् । विश्वका ठूला परिर्वतनका सारथी कुनै न कुनै नेता नै हुन्, तर के ती नेताहरू आफ्नै बलको तागतले त्यहाँ पुगेका हुन् त ? कदापि होइनन् । तिनलाई माथि पुराउन हजारौँ–हजार तलै बसेका छन् । ती नेताहरू, जसलाई सधैँ ‘महान’ मानेर उनका सहयोगीहरूले सहयोग गरे । आज सुनिने, पढिने नेल्सन मण्डेला, लेनिन, माओ वा फिडेल जो केहीको नाम विश्वभर चम्काउन उनका सहकर्मीहरूले धेरै कालोहरू सफा गरीदिएका हुन् । होलान्, यी नेताहरूले उतिधेरै गल्ती गरेनन्, तर गल्ती गरेको भए पनि उनका सहकर्मीहरूले त्यसलाई आधार बनाएर कहिल्यै खुइल्याउने अभियानमा लागेनन् । आफ्ना नेताको नामलाई बदनाम गर्ने गरी कुनै काम गरेनन् । सकेसम्म उनीहरूले आफ्ना नेताको देवत्वकरण गरे । तिनका सकारात्मक विचार र व्यवहारको बारेमा सकेसम्म सबैलाई थाहा दिन प्रयत्न गरे ।  त्यही भएर आज यी नामहरू आन्दोलन भएका हुन् । ती व्यक्तिहरू आज संस्था बन्न सकेका हुन् ।

नेपाली नेताको दुर्भाग्य

Leave Your Comment