शिक्षकको लाइसेन्स परीक्षामा पनि नक्कली परीक्षार्थी

महोत्तरी जिल्लामा अध्यापन अनुमतिपत्रको परीक्षा अरुको नाउँमा दिइरहेका दुई नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

10411735_706746806113019_6810632842302513224_n

पक्राउ पर्नेमा धनुषा जिल्लाको लक्ष्मीनियाँ-६ बस्ने ३६ वर्षीय रञ्जीतकुमार महतो र २२ वर्षीय दिनेश साह रहेको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए।

जिल्ला परीक्षा समन्वय समितिसँगै निरीक्षणमा गएको प्रहरी टोलीले उनीहरूलाई जिल्लाको दुईवटा परीक्षा केन्द्रबाट पक्राउ गरेको जिल्ला शिक्षा अधिकारी अरविन्दलाल कर्णले बताए।

सो परीक्षामा विभिन्न परीक्षा केन्द्रमा चिट चोर्दैगर्दा पक्राउ परेका ४८ परिक्षार्थी निस्कासनमा परेका छन् भने ६ जनाको परीक्षा रद्द गरिएको छ ।

महोत्तरीमा यसपल्ट अध्यापन अनुमति परीक्षामा निमावितर्फ एक हजार ८८९ र मावितर्फ १८० जना गरी कुल दुई हजार ६९ जनाले फाराम भरेकामा १४६ जना अनुपस्थित छन्। रासस

Leave Your Comment