भैरहवाको गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको ९ एन एकेएस जहाज ल्याण्ड गर्ने क्रममा दुर्घटना

फाइल फोटो

२० कात्तिक, काठमाडाैं । भैरहवाको गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको ९ एन एकेएस जहाज ल्याण्ड गर्ने  क्रममा दुर्घटना भएको छ ।

जहाज ल्याण्ड गर्ने क्रममा पछाडिको बाँया पट्टीको टायर पंचर भएको विमानस्थलका प्रमुख सिसेल चित्रकारले जानकारी दिए ।

 

उनका अनुसार जहाजमा दुई जना पाइलट मात्र थिए । उनीहरु दुवै जना सकुशल छन् ।

जहाज रनवे देखि एक मिटर छेउमा गएको छ । पाइलटले पश्चिमबाट पूर्वतर्फ ल्याण्ड गरेका थिए ।

रनवेमा जहाज दुर्घटना भएपछि अहिले उडान प्रभावित भएको छ  अनलाइन खबर बाट

Leave Your Comment