भारतमा शक्तिशाली भूकम्प, नेपालसम्म धक्का

काठमाडौं, २० मंसिर— भारतको   उत्तराखण्ड राज्यस्थित रुद्रप्रयाग भन्ने स्थान नजिक केन्द्रबिन्दु भएर बिहिबार साँझ ५.५ रिक्टरस्केलको भूकम्प  गएको इन्डियन एक्सप्रेसको अनलाइन संस्करणमा उल्लेख छ ।
भूकम्पबाट कुनै मानविय क्षतिको भएको अहिलेसम्म जानकारी प्राप्त नभएपनि धक्का कडा महशुस भएको  समाचारमा जनाइएको छ । भूकम्पको धक्का दिल्लीमा पनि महसुश भएको थियो ।
यसैबीच सो भूकम्पको धक्का नेपालको पश्चिमी सीमा क्षेत्रका दार्चुला, बैतडी, डडेलधुरा लगायतका जिल्लाहरुमा समेत  महसुश भएको जानकारी प्राप्त भएको छ  ।

Leave Your Comment