माघ ८ गते संविधान आउँदैन: रावल

timthumb.php
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले माघ ८ गते भित्र संविधान नआउने बताएका छन्।
रिपोर्टर्स क्लबमा बिहीबार बोल्दै रावलले यथास्थितिमा माघ ८ गतेभित्रै संविधान जारी हुन नसक्ने ठोकुवा गरेका हुन्।
रावलले पूर्वनिर्धारित मिति माघ ८ गते नै संविधान जारी गर्न असम्भव भएको भन्दै माघ ८ गतेपछि सरकार परिवर्तन गर्ने वा के गर्ने भन्नेवारेमा सत्तासाझेदार दल नेपाली काँग्रेससँग यसवारेमा बसेर छलफल गर्ने पनि जानकारी दिए ।
उनले भने–‘अहिले नै सरकार परिवर्तन गर्ने वेला होईन, बरु कसरी हुन्छ सबै दल एक ठाउँमा बसेर सहमित कायम गर्ने वेला हो । यही सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ ।’
रावलले सबै दललाई संविधान आफूहरुले जारी गरेको जस लिने आकांक्षा भए प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमै राष्ट्रिय सहमतिको सरकार गठन गर्न आफूहरु तयार रहेको समेत स्पष्ट पारे।
उनले सहमति नभएको अवस्थामा प्रक्रियाबाट संविधान जारी गर्नु चुनौतिपूर्ण भएपनि त्यसको विकल्प नभएको भन्दै उनले चुनौतिलाई समाना गर्दै अघि बढेर भएपनि माघ ८ गतेभित्रै संविधान जारी गर्ने पक्षमा आफूहरु रहेको प्रतिबद्धता दोहोर्‍याए । यद्धपी रावलले समय निकै घर्किसकेको भन्दै पूर्वनिर्धारित मिति माघ ८ गते नै संविधान जारी गर्ने सम्भावना टरेको समेत स्पष्ट पारे ।
रावलले भने–‘अहिले नै आफ्नो कुरा संविधानमा परेन भनेर आत्तिहालिरहनु पर्दैन  एक पटक संविधान बनिसकेपछि फेरि दुई तिहाई बहुमत पुर्याएर संविधान संसोधन गरे भई हाल्छ ।’
समय घर्कि सकेपनि फाष्टट्रयाकबाट संविधान जारी गर्न सकिने भन्दै त्यसो गर्दापनि बनाउन नसके थप न्यूनतम समय लगाए राम्रो हुने रावलको तर्क छ ।
रावलले एमाओवादी र मधेसवादीहरु बार्ताबाट पछि हटे पनि मुलुकलाई पुनः २०६९ साल जेठ ४ गतेको अवस्थामा कुनै पनि हालतमा नपुर्याउने उल्लेख गर्दै भने–‘‘जनता आन्दोलनको धाक धम्कि हेर्न चाहदैनन, त्यसैले मुलुकलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन ।’

Leave Your Comment