सहमतिका लागि प्रधानमन्त्रीको यस्तो सक्रियता

timthumb.phpप्रमुख राजनीतिक दलहरुबीच बढ्दो राजनीतिक अविश्वासलाई न्यूनीकरण गर्दै संविधानका विवादित विषय सहमति खोज्न प्रधानमन्त्री सुशील कोइरालाले सक्रियता देखाएका छन्।
प्रमुख दलका नेताहरु खासगरी सत्तारुढ दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्लो समयमा बढ्दै गएको आरोप प्रत्यारोपले वातावरण विथोलिएको निश्कर्ष निकाल्दै कोइरालाले दलका नेताहरुबीच सामन्जस्यता कायम गर्ने पहल थालेका हुन।
बुधबार बसेको प्रमुख तीन दल र मधेसी मोर्चाबीचको सहमति अनुसार, कोइरालाले बिहिबार बिहान एमाओवादी अध्यक्ष प्रचण्ड र त्यसपछि एमाले अध्यक्ष ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गरे।
प्रधानमन्त्री कोइरालासँग छलफल गरी बाहिरिने क्रममा एमाओवादी अध्यक्ष प्रचण्डले संविधानका विवादित विषयमा छलफल नभए पनि दलहरुबीच विश्वासको वातावरण निर्माण गर्न भेटवार्ता सकारात्मक भएको बताए।
संविधानका विवादित विषयमा दलहरुबीच छलफल गरी सहमतिको प्रयास गर्नु पूर्व बिहिबार अपरान्ह कोइरालाले मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छेदार लगायत अन्य मधेसी दलका नेताहरुसँग पनि भेटवार्ता गर्दै छन्।
त्यसपछि कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाका शीर्ष नेताहरुबीच आजै वार्ता हुदै छ।

Leave Your Comment